Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हेल्थपोष्टमा चोरी

Published on 11:33:00 PM //

शिबलाल सुबेदी
गुल्मीको इस्मा रजस्थल गाविसमा रहेको रजस्थल इलाका हेल्थपोष्टमा चोरी भएको छ ।

गत पुस २९ गते राती हेल्थपोष्टको ढोका फोरी ४५ एम्पियरको सोलार सिस्टम तथा गुल्मीकै एउटा मात्र हेल्थपोष्टमा सञ्चालनमा आएको स्वास्थ्य शिक्षा कर्नरको डिभिडी प्लेयर चोरी भएको हेल्थपोष्टका प्रमुख चन्द्र प्रसाद भुसालले जानकारी दिनुभएको छ । सोलार चोरी भएपछि महिनामा लगभग १५ जनालाई प्रसुति गराउने यस कार्यलयलाई समस्या परेको छ । हेल्थपोष्टको नयाँ भवन निर्माण गर्न लागिएको हुँदा आनन्दपुर माद्यामिक विद्यालयको एक कोठामा कार्यलय सारी सेवा सुविधा दिइरहेको थियो । यता विद्यालयको ढोका फोरिनु तथा स्वास्थ्य संस्था जस्तो संस्थामा चोरी हुनु दुखद कुरा भन्दै छिटो भन्दा छिटो घटनाको दोषी पत्ता लगाइ कानुनी कारवाही गर्न आनन्दपुर माद्यामिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नारायण पैयाँनीले प्रहरी प्रशासनलाई आग्रह गर्नुभएको छ । चोरीको बारेमा अनुसन्धान भइरहेको पौँदी अमराई प्रहरीचौकी इस्माका प्रमुख रेशम कुमार श्रेष्टले बताउनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग