Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मसलाका केही उपयोगी गुणहरु

Published on 4:46:00 PM //

हाम्रो जीवनमा मसला नभई नहुने वस्तुको रुपमा विकसित भएको छ । हामी खानाको सजावट तथा स्वादको लागि विभिन्न प्रकारका मसलाहरु प्रयोग गर्छौं तर
ती मसलाहरुबाट हामीले कस्तो प्रभाव पाइरहेका छौ त ? अर्थात् ती मसलाहरुमा के कस्तो तत्वहरु पाइन्छ त । त्यसको बारेमा भने हामीहरु प्रायः अनविज्ञ नै छौँ । यदि ती मसलाहरुको गुणको बारेमा हामीले जान्न सक्यौं भने त्यसको उचित प्रयोग गर्न सक्छौं अर्थात् कुन कति मात्रामा राख्ने भन्ने कुराको बारेमा पनि आफै छनौट गर्न सक्छौं । आज हामी यीनै मसलाहरुको गुणको बारेमा केही जानकारी दिने प्रयास गरेका छौं, जुन निम्नानुसार छन्:
खुर्सानी : यो खाना पिरो गर्ने काममा प्रयोग गरिन्छ । यसले मोटोपनमा घटाउन मद्दत गर्छ । यसले कोलेस्ट्रोल कम गर्न मद्धत गर्छ । रातो पाकेको खुर्सानीमा भिटामिन सि पाईन्छ र हरियो अनी पहेँलो खुर्सानीमा प्रशस्त मात्रामा भिटामिन बि पाइने हुँदा मसलाको रुपमा खुर्सानी खानु पनि लाभदायक हुन्छ । खुर्सानीमा पोटासियम, म्याग्नेसियम र आईरन लगायतका तत्वहरु पनि हुन्छ ।
जिरा: खानामा स्वाद बढाउन यसले मद्दत गर्छ । यसमा आइरन र कैल्सियम हुन्छ । यसलाई पानीसँग उमालेर पिउने गरेमा दिशा रोक्ने काम गर्छ । यसमा एंटि क्यान्सरको समेत गुण हुन्छ ।
बेसार: बेसार खानामा रङ ल्याउनको लागि मात्र प्रयोग हुँदैन, यो औषधीको रुपमा पनि प्रयोग गरिन्छ । यसको मूल्य काम एंटिसेप्टिकको रुपमा काम गर्छ । घाउमा यसको लेप लगाउनाले घाऊ छिटो निको गर्न फाइदा गर्छ । तातो दूधमा बेसार मिसाएर पिउनाले सर्दी शरीर दुख्ने तथा हाड मजबुत बनाउन मद्दत गर्छ । 
अदुवा: भान्सामा नभै नहुने अदुवा मसलाको अलावा औषधीको रुपमा पनि प्रयोग गरिन्छ । चिसो वा रुघा लगेको बेलामा अदुवालाई घरेलु औषधीको रुपमा प्रयोग गरिन्छ । रुघा खोकी लागेको बेला अदुवा पोलेर खनाले तुरुन्त आरामता प्रदन गर्छ । त्यसैगरी सादा पानीमा अदुवा उमालेर पिउनाले झाडापखाला रोक्नुका साथै थकाई पनि कम गर्छ ।  
लसुन: खासगरी भान्सामा लसुन खानामा स्वाद र बासना ल्याउन प्रयोग गरिन्छ । लसुनमा एण्टीभाइरल, एण्टीब्याक्टेरिअल, एण्टिफुङल तत्वहाँरु पाईन्छ । यसले क्यानसर र उच्च रक्तचाप लगायत बिभिन्न मुटुका रोगहरु कम गर्नुका साथै शरीरमा कोलेस्ट्रोलको मात्रा घटाऊन पनि सहयोग पुर्याउछ ।
धनियाँ: हरियो धनीयाँ खाना पाकेपछि सजाउन प्रयोग गर्ने गरिन्छ । यो अचारको रुपमा पनि प्रयोग हुन्छ । साथै यसले घाँटी दुखेको, एलर्जी भएको, ज्वरो आएको तथा खाना पचाउन मद्दत गर्छ । गर्मी समयमा धनीयाँले शरीरलाई धेरै फाइदा गर्छ ।
ल्वाङ: ल्वाङमा एंटि बायोटिक, एंटि सेप्टिक, एंटि वाइरल, एंटि फगल जस्ता गुण हुन्छन । यसले दुखाइ कम गर्न मद्दत गर्छ, जस्तै किराले खाएको दाँतमा सानो ल्वाङको टुक्रा राखिदिनाले दाँतको पिडा कम गर्दछ ।
तेजपत्ता: तेजपत्ताले खानाको स्वाद बढाउन मद्दत गर्छ । यसमा एंटि फगल तथा एंटि ब्याक्टेरिअल गुण हुन्छ  रगतमा रहेको चिनिको मात्रा काम गर्नुका साथै, माइग्रेन (लामो समय सम्मा बेसरी टाउको दुख्नु), ग्यास्ट्रिक, अल्सर जस्ता रोगहरु न्यूनिकरणमा सहयोग पुर्याउछ ।  
दालचीनी: दालचिनी गरम मसलामा प्रयोग हुन्छ । सुन्निएको ठाउँमा दालचिनी लगाउनाले सुन्निएको कम गर्छ । यसले रगतको कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ ।
अलैंची: यो चिया मसला, मिठासमा प्रयोग हुन्छ । अलैंचीले खाना पचाउन मद्दत गर्छ । अलैँची मुखमा राख्नले मुखको गन्ध रोक्छ र श्वासमा सुगन्ध ल्याउछ । साथै अलैची डायविटीजको रोगीको लागि पनि लाभदायक हुन्छ ।
हिङ: हिङले खानाको स्वाद बढाउनुको साथै कफ तथा पेट दुखेमा औषधीको काम पनि गर्छ । यसले दांत दुखेको बेला गालामा लेप लगाएमा दु:खाइ पनि कम गर्छ । त्यसैगरी कुनै खानामा रहेको नराम्रो गन्धलाई पनि हिङ्ले हटाउछ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग