Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नक्कली स्वास्नी बनेर मरेकाको पैसा खाने पक्राउ !

Published on 3:53:00 AM //

नागरिक दैनिकबाट 
विदेशमा मृत्यु भएका ब्यक्तिले पाएको क्षतीपूर्ती रकम नक्कली श्रीमती बनेर ठगी गरेको आरोपमा प्रहरीले म्यानपावर सञ्चालक सहित तीन जनालाई पक्राउ गरेको छ।
 दुबईमा काम गर्न गएका बलबहादुर बुढाको परिवारले पाएको क्षतीपूर्ती रकम ठगी गरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले वेभ म्यानपावरका संचालक सुरेन्द्र प्रसाद पौडेल र ईश्वर अधिकारीका साथै बुढाको श्रीमती बन्ने सुस्मिता चेम्जोङ सोमबार पक्राउ परेका हुन।
परिसर प्रहरीका बैदेशिक रोजगारीका लागी २०६६ मंसिर १ गते दुवईको टेक्निमन्ट आईसिबि कम्पनी गएका रुकुम स्यालपाखाका ३५ वर्षिय बल बहादुर बुढा चैत १६ गते मृत्यु भएको थियो।
बुढाको लास एक वर्षपछि नेपाल आएपनि उनी कार्यरत कम्पनिले दिएको विमा रकम वापतको रकम भने उनको परिवारले पाउन सकेका थिएनन्। परिसर प्रवक्ता केदार ढकालका अनुसार मृतक बुढाले कम्पनिवाट बिमा गरे वापत पाउने नौ लाख ८५ हजार रकम उनको श्रीमती मनसरा बुढाको नाममा पठाउन वेभ म्यानपावरसँग समन्वय गरेका थिए। 
ढकालका अनुसार म्यानपावर सञ्चालक पौडेल र अधिकारीले सुष्मिता फोटो टाँसेर मनसराको नामको नक्कली नागरिकता बनाएर थापाथलीमा रहेको ग्लोबल बैंकका खाता खोली मृतक बुढाको विमा रकम जम्मा गराएर ठगी गरेका थिए। 
मनसराले श्रीमानको विमा रकम लिन पटक पटक म्यानपावर गएपनि सञ्चालकले विभिन्न बहाना बनाएपछि शंका लागि प्रहरीमा उजुरी दिएपछि उनको नाममा आएको रकममध्ये एक लाख ६८ हजार तीन जनाले बैंकबाट निकालीसकेको खुलेको थियो। 
अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा ठगी गरेको देखिएकाले तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाएको डिएसपी ढकालले बताए। 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग