Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रमझम सक्रान्ती मेलाको (फोटो फिचर)

Published on 6:11:00 PM //

सबै फोटोहरु: घनश्याम गौतम 

 ब्यापारको मेला: गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरु क्षेत्र रिडीमा शनिवार देखि शुरु भएको मकर संक्रान्ति मेला । धार्मिक रुपले प्रख्यात रिडी मेला पछिल्ला बर्षहरुमा ब्यापारिक मेलामा परिणत भएको छ । गण्डक स्नानसंगै शनिवारको मेलामा किनमेल गर्नेको समेत भिड देखिन्थ्यो ।
ब्यापारका लागि रिडी मेलामा झण्डै २ सय अस्थायी छाप्रा निर्माण गरिएको छ । 
 लौ आयो कम्बल: मकर संक्रान्ति मेलामा हातैले बुनेर तयार पारिएका कम्बल विक्रि गर्दै ब्यापारीहरु । रुकुम र बाग्लुङ्गका एक दर्जन गाउँमा भेडाको उनबाट हातैले बुनेर तयार पारिने कम्बल रिडी मेलाको प्रमुख आर्कषण हो । 
खै खै यो हेरौँ त: यहाँ हातैले बुनेर तयार पारिएका कम्बल, राडी, पाखी लगायतका सामाग्री खरिद गर्न टाढाटाढाबाट सर्वसाधरणहरु आउने गर्दछन् ।
मेलामा जोखिम: मेलाको लागि रिडी खोलामा काठैकाठको प्रयोग गरेर तयार गरिएको जोखिमपूर्ण पुल तर्दै सर्वसाधरण । गुल्मी र पाल्पाको बिचमा रिडी खोला पर्ने भएकाले आवतजावत गर्न सधै यस्तै काठको पुल निर्माण गर्ने गरिन्छ ।

(फोटो ठुलो साइजमा हेर्न फोटोमै क्लिक गर्नुहोला ।) 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग