Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुलोचौको छाडेर महिलाहरु तरकारी खेतीमा

Published on 12:14:00 AM //

 पी.एम.मगर
पहिला चुलो चौकोमा रमाउने बागलुङ अधिकारीचौरका महिलाहरु अहिले चुलोचौको छोडेर तरकारी खेतीतर्फ लागेका छन ।
धौलागिरि सामुदायीक श्रोत बिकास केन्द्र बागलुङले दिगो भू–व्यवस्थापन कार्यक्रम सञ्चालन गरेपछि बागलुङ जिल्लाको अधिकारीचौर गाविसका महिलाहरु चुलोचौको छोडेर तरकारी खेती गर्नतर्फ लागेका हुन । दिगो भू–व्यवस्थापन कार्यक्रम लागु भएपछि गोठे मल सुधार र गाई भैसीको मुत्र संकलन गरी खेतवारीमा प्रयोग गर्दा उत्पादनमा बृद्धि भएको भन्दै अधिकारीचौरका महिलाहरु तरकारी खेती गरेर आय आर्जन गर्न थालेका छन । तरकारी खेती गरेर यसरी आम्दानी हुन्छ भन्ने आफुले नसोँचेको अधिकारीचौर २ का कमला पौडेलले वताउनुभयो । उहाँले तरकारी खेतीबाट भएको आम्दानीबाट छोराछोरी पठाउनेदेखि घरखर्ची चलाउने सम्म गरिरहेको वताउनुभयो ।
बिगतमा अज्ञानताका कारण आफुहरुले गाई भैँसीको मुत्र खेर फालेको बताउँदै उनीहरुले अहिले त्यहि गाई भैँसीको मुत्र नै आम्दानीको श्रोत बन्न थालेको बताएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग