Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रातको एक वजे सुन्तालाको भारी वोकेर उज्यालो नहुँदै तमघासमा वालवालिका

Published on 10:50:00 PM //

 पुस-माघको सिरेठोमा गुल्मी नयाँगाउँका वालवालिकाहरु रातको एक वजे सुन्तलाको भारी वोकेर उज्यालो हुँदा सदरमुकाम तमघास आउने गर्दछन् ।
पातलो कपडा, उकाली ओराली गर्दा चिसो हावा अनि रातभरीको शितले निथु्रक्क भिज्दै नयाँगाउँ -पाँचका १२ बर्षीय वालक भिमवहादुर राना सहितका दर्जनौँ वालवालिकाहरु सदरमुकाम तमघास आईपुग्दा वजारका मानिसहरु जाडोले घरवाट वाहिर निस्किएका हुँदैनन् । रातको समयमा यसरी हिड्दा जाँडोले शरिर काँप्दैन भन्ने प्रश्न गर्दा वालक राना सहितका सवै वालवालिकाले एकै स्वरमा भने “नाई हामीलाई गाह्रो लाग्दैन, हामीलाई वानी वसिसकेको छ ।” वालवालिकाहरुले दिनमा एक दुइ सय कमाउने र त्यसवाट घर खर्चका अलवा कापी कलम किन्ने गरेको वताए । कक्षा ६ मा पढ्ने रानाले भन दुः ख लागेर के गर्ने वावु आमाले रातको १२ वजे उठाउनुहुन्छ, डोकोमा सुन्तला हाल्छौँ र रातको १ वजे सधै हिड्ने गर्र्छौ ।
उनीहरुसँगै आएकी पाकी महिला संगिता रानाले ठेक्काको सुन्ताला वोकिरहेको वताईन । आफ्नो घरमा फलेको सुन्तालाले करिव ३ हजारको आम्दानी हुने र त्यसले घर खर्च नचल्ने भएकाले ५ सय सुन्ताला वोकेर ल्याउँदा २ /३ सय रुपैयाँ आम्दानी हुने उनले वताईन । गाउँमा यातायातको सुविधा नपुगेका कारण आफुहरुले सास्ती भोग्नु परेको र गाउँका सुन्ताला ठेकेदारहरुको हातमा पर्ने भएकाले त्यहाँका सुन्ताला कृषकहरु मर्कामा परेको वताउँदै रानाले वर्षौदेखि सुन्ताला वेचेपनि किसानहरुको अवस्था झुपुडीमै रहेको र ठेक्का पट्टा गर्नेहरु शहरको पक्की महलमा पुगेको गुनासो गरिन् । रानासहितका वालवालिका यो सिजनमा रातको १२ वजे उठ्नु र उज्यालो हुँदा शितले न्रि्रुक्क भिज्दै सदरमुकाम तमघास पुग्नु दिनाचार्य भएको वताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग