Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वुटवलमा बिक्यो १५ करोडको सुन्तला

Published on 11:04:00 PM //

शेरबहादुर केसी

वुटवलमा यो वर्ष १५ करोड रुपैंयाको सुन्तला कारोबार भएको छ।
कात्तिकदेखि पुस अन्त्यसम्ममा यति रकम बराबरको सुन्तला बिक्री भएको हो । माघ अन्तिमसातासम्म चल्ने सुन्तलाको कारोवार अझै कम्तिमा चार करोड रुपैंया हाराहारीमा हुने व्यवसायीको अनुमान छ।

यसबर्ष राम्रो बर्षा र असिनाले क्षति नगरेकोले सुन्तलाको लागि राम्रो मौसम भएकोले सुन्तला राम्रो फलेको किसानहरुको भनाई छ। ‘ अघिल्लो बर्षको तुलनामा यस बर्ष मौसम ज्यादै राम्रो भयो-स्याङजाको सोरेकका अगुवा किसान मोती पौडेलले भने - गत वर्ष भन्दा यस वर्ष ४० प्रतिशत बढी सुन्तला फलेको पाइयो।' अघिल्ला बर्षमा कार्तिक दोश्रो सातादेखि शुरु भएको सुन्तलाको कारोवार यो वर्षदेखि कार्तिक पहिलोसातादेखि नै शुरु भएको थियो।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग