Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पहिलो पटक जीप पुग्दा गाउँलेहरु हर्षित

Published on 12:11:00 AM //

 पी.एम.मगर
पर्यटन बर्ष २०११ नजिकिदै गर्दा गुल्मीको सदरमुकामसँगै जोडिएको गाविस सिमिचौरको दारिमपाटामा पहिलो पटक जीप पुग्दा स्थानियबासी हर्षित भएका छन् ।

सदरमुकाम तमघाससँगै जोडिए पनि यातायातको सुविधावाट वञ्चित रहेका सिमिचौर गाविसको राङ्गवास दारिमपाटाका जनताहरु हर्षित हुँदै स्थानीय स्तरमा उत्पादन भएका तरकारी तथा फलफुलहरुलाई वजारसम्म पु¥याउन निक्कै टेवा पुग्ने वताएका छन् । पहिलो पटक गाउँमा पुगेको लु १ ज १४१३ नम्बरको जीप र जीप चालक गोपाल वस्नेतलाइ दारिमपाटावासीहरुले पैसा तथा फुलको माला र अबिर लगाएर स्वागत गरेका थिए । गाउँमा पुगेको जीप हेर्न स्थानीयवासीको घुईचो नै लागेको थियो ।
राङ्गवास दारिमपाटा मोटरवाटोको बुधवार वरिष्ठ समाजसेवी लिलाधर पाण्डेले उद्घाटन गर्नुभएको हो । मोटरवाटो उपभोक्ता समितिका अध्यक्ष सुवेदार थम्मनवहादुर रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि निवर्तमान गाविस अध्यक्ष जयप्रसाद अर्याल, नेपाली काँग्रेसका गाउँ समिति सभापति टोपलाल ज्ञवाली, क्षेत्रीय प्रतिनिधी भुपेन्द्र थापा र हिरा राना, नेपाली काँग्रेस भुपु सभापति वालकुमार श्रेष्ठ, नेकपा एकीकृतका नन्दराम राना, निवर्तमान गाविस उपाध्यक्ष उपाध्यक्ष देववहादुर वस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन मोटरवाटो समितिका सचिव ओमप्रकाश घिमिरेले गर्नुभएको थियो ।
बुधवारदेखी  मोटरवाटो सञ्चालनमा आएपछि राङ्गवास दारिमपाटाका करीव ३ सय घरपरिवार लाभाम्वित भएका छन् भने अर्घाखाँचीको केरुङ्गा गाविसको तल्लो भेगका जनताहरु पनि लाभाम्वित हुने भएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग