Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गत वर्ष कतारमा १ सय ९२ नेपालीको मृत्यु

Published on 5:18:00 PM //

 गत वर्ष (सन् २०१०) मा वैदेशिक रोजागरीका लागि कतार गएका मध्ये १ सय ९२ जनाको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । दूतावासको तथ्यांकअनुसार मृत्यु हुनेमध्ये अधिकांशमा मुटुको समस्या देखिएको छ ।

गत वर्ष अकालमा ज्यान गुमाएका मध्ये १ सय ३ जनामा मुटुसम्बन्धी समस्या पहिचान गरिएको थियो भने सडक दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् । १९ जनाको उचाइबाट खसेर र ३ जनाको डुवेर मृत्यु भएको थियो । २० जनाले भने आत्महत्या गरेका हुन् ।

अकाल ज्यान गुमाउनेमा ५३.६४ प्रतिशतमा मटुसम्बन्धी समस्या वा हृदयाघात भएको राजदुत डा. सूर्यनाथ मिश्रले बताए । २००९ मा २ सय १७ जनाले ज्यान गुमाएकोमा मटुसम्बन्धी समस्याका कारण १ सय १५ जनाको मृयु भएको थियो । एक्कासि मौसम परिवर्तन हुँदा मौसमसँग समायोजन हुन कठिन भएर त्यसकिसिमको समस्या देखिने गरेको चिकित्सकहरू बताउँछन् । अकाल मृत्युको तथ्यांक बढ्दो रहेकोमा राजदुत मिश्रले चिन्ता व्यक्त गर्दै स्वास्थ्य, सरक्षा तथा ट्राफिक नियमकाबारे सचेतना फैलाउनु जरुरी रहेको बताए । सन् २००९ को तुलनामा भने २०१० मा अकाल मृत्युको संख्यामा केही कमी देखिएको छ ।


विगत ५ वर्षमा नेपालीको मृत्यु
वर्ष   मृत्यु
२००६   १४३
२००७  १६०
२००८  १७५
२००९  २१७
२०१०  १९२

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग