Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिसोका कारण बिरामी बढे

Published on 4:04:00 PM //

मनोज बस्नेत, तम्घास 
केहिदिन यता बढेको चिसोका कारण जिल्ला अस्पताल तम्घासमा बिरामीहरुको सख्यामा बृद्धि भएको छ । 

चिसो बढेपछि सदरमुकाम तम्घास तथा आसपासका क्षेत्रमा रहेका मेडिकलहरुमा बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल तम्घासमा पहिलेको तुलनामा केहि दिन यता बिरामीहरुको चाप बढेको जिल्ला अस्पताल तम्घासले जनाएको छ । अस्पतालमा आउने बिरामीहरुमा धेरै जसो बालबालिका तथा बृद्धबृद्धाहरु रहेका छन । यसरी अस्पतालमा आएकाहरुमा निमोनिया, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला अस्पतालका प्रमुख डाक्टर भेषराज पोखरेलले बताउनु भएको छ । एक साता अगाडि पानी परेपछि गुल्मी तथा आसपासका क्षेत्रहरुमा चिसो बढेको हो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग