Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेसको अन्तर्कृया तथा बिशेष भेला सम्पन्न

Published on 3:10:00 PM //

 मनोज बस्नेत, तम्घास 
३५ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसरमा नेपाली कांग्रेस गाउं कार्य समिति वस्तुले वार्ड नं. ४ र ५ मा छुट्टाछुट्टै अन्तरकृया तथा विशेष भेला सम्पन्न गरेको छ ।

भेलामा मुलुकको वर्तमान राजनीतिक अवस्था र अव पार्टीले खेल्नु पर्ने भुमिकाका विषयमा छलफल भएको थियो । वार्ड नं. ४ मा ढुण्डीराज शर्माको अध्यक्षतामा ९ सदस्यीय नेपाली कांग्रेस वार्ड समितिको गठन गरिएको छ । समितिको उपाध्यक्ष सकुन्तला शर्मा, सचिव लोमाकान्त पाण्डे, कोषाध्यक्ष जिवनारायण शर्मा लगायत रहनुभएको छ । त्यस्तै वार्ड नं. ५ मा पनि लेखनाथ भण्डारीको अध्यक्षतामा १८ सदस्यीय वार्ड समिति गठन गरिएको छ । समितिको उपाध्यक्ष होमलाल भण्डारी, सचिव हेमलाल भण्डारी सचिव रामचन्द्र भण्डारी कोषाध्यक्ष सकुन्तला पन्थी लगायत रहनुभएको छ । कार्यक्रममा पुर्व क्षेत्रीय अध्यक्ष ढुण्डीराज भण्डारी, नेपाल शिक्षक संघ गुल्मीका सदस्य चुरामणी भण्डारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाली काँग्रेस गाउ कार्य समिति वस्तुका अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यता तथा केशव भण्डारीले सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग