Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँ अधिवेशन सम्पन्न

Published on 4:15:00 PM //

 मनोज बस्नेत
नेकपा एमाले मरेङ गाउँ कमिटी अर्घाखाचिँको ८ औं तथा अर्घातोषको ७ औं गाउँ अधिवेशन मरेङ ५ भण्डारथुममा एकै साथ सम्पन्न भएको छ ।

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाचिँका अध्यक्ष रामजि प्रशाद घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनका तर्फ बाट भुपेन्द्र सुवेदी, अखिल नेपाल महिला सघंको तर्फबाट बिजुला रायमाझी, नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचिका सदस्य ईश्वरा पोख्रेल, नेकपा एमाले जिल्ला सचिवालय सदस्य राम बहादुर चन्द, राष्ट्रिय जिल्ला परिषद सदस्य नरेन्द्र क्षेत्री लगाएतले मन्तव्य राख्नु भएको थियो । 
साथै अधिवेशनमा गाउँ कमिटीहरुको पुर्न गठन गरिएको छ । जस मध्य मरेङ गाउँ कमिटीको बाल कृष्ण आचार्यको अध्यक्षतामा २१ सदस्यीय मरेङ गाउँ कमिटीको गठन गरिएको छ । जसको उपाध्यक्षमा कृष्ण फुलदेल, सचिवमा लिल बहादुर पाण्डे र सह–सचिवमा मिन प्रशाद सुवेदी लगाएत रहनु भएको छ । त्यस्तै अर्घातोष गाउँ कमिटीको बाबुराम पैडेलको अध्यक्षतामा १७ सदस्यीय गाउँ कमिटीको गठन गरिएको छ । जसको उपाध्यक्षमा मणिराम खनाल, सचिवमा तेज प्रशाद पाण्डे र सहसचिवमा कोस बहादुर पाण्डे लगाएत रहनु भएको छ । 
कार्यक्रम नेकपा एमाले मरेङ गाउँ कमिटीका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षता, अर्घाताष गाउँ कमिटीका अध्यक्ष चेत नारायण आचार्यको स्वागत मन्तव्य र मरेङ गाउँ कमिटीका सचिव लिल बहादुर पाण्डेको सञ्चालनमा सम्पन्न भएको मरेङ अर्घाखाचिँबाट कञ्चन आचार्यले जानकारि दिनु भएको छ । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग