Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परोपकारको साधारणसभा सम्पन्न

Published on 4:27:00 AM //

 वामीमा रहेको परोपकार बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौ साधारण सभा सम्पन्न भएको छ ।

सहकारी संस्थाका सदस्यहरूबाटै संकलित रकमबाट वामीटक्सारमा १ सय ५० किलोवाट क्षमताको विद्युत उत्पादन गरिरहेको यो संस्थामा १ हजार ६ सय २८ सदस्य छन् । पाँचौं साधारण सभाको अवसरमा अध्यक्ष धर्मेन्द्र मल्लले २ करोड २१ लाख ४ हजार रूपैंयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  पौदीअमराई, नेटा, दलिङ्ग, अर्लाङकोट, कुर्घा लगायतका ८ गाविसमा कार्यक्षेत्र रहेको यस सस्थाको शेयर सदस्यहरू महिला ३ सय ९९ र पुरूष १हजार २ सय २९ गरि जम्मा १ हजार ६ सय २८ जना रहेका छन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग