Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ज्ञापन-पत्र बुझाईयो

Published on 12:53:00 PM //

शोभा आचार्य
शिक्षा क्षेत्रमा देखिएको राज्यको लापर्वाही र गैर जिम्मेवारी प्रति आपत्ती प्रकट गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी गुल्मीले जिल्ला शिक्षा अधिकारीलाई एक ज्ञापन पत्र बुझाएको छ ।

सरकार बन्न नसकेको र देश संक्रमणको शिकार बनेको बर्तमान अवस्थामा राजनैतिक अस्थिरताको फाईदा उठाउदै शिक्षा क्षेत्रलाई निजिकरण र ब्यापारीकरणको भुमरीमा फसाउने हर्कत गरिएको भन्दै उक्त ज्ञापन पत्र बुझाइएको हो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी गुल्मीका अध्यक्ष यदु ज्ञवालीद्धारा हस्ताक्षयरीत उक्त ज्ञापन पत्रमा दर्ता नभएका सम्पुर्ण निजी शिक्षण सस्था तुरुन्त खारेज गर्नुपर्ने, निजी शिक्षण सँस्था दर्ता तुरुन्त बन्द गर्नुपर्ने, सरकारी शिक्षण सँस्थामा गुणस्तरको बृद्धि गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएको छ ।
उक्त ज्ञापन पत्र जिल्ला शिक्षा कार्यलय गुल्मी मार्फत नेपाल सरकार समक्ष पेश गदै माथी उल्लेखित कमी कमजोरहरु सच्चाई शिक्षाप्रति जिम्मेवार बन्न नेपाल सरकारको ध्यानाकर्षण गराईएको छ । यदि आफ्ना मागहरुलाई बेवास्ता गरि बर्तमान शैक्षिक दुरावस्ता कायम रहेमा सगंठन गैर जिम्मेवार, स्वेच्छाचारी, भ्रष्ट सरकारका बिरुद्ध कडा संघर्षमा उत्रने समेत चेतावनी दिइएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग