Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो सुने वापत ३० वर्षदेखि कर तिर्दै

Published on 12:16:00 PM //

रेडियो सुन्न पनि कर तिर्नुपर्छ भन्दा आश्चर्य लाग्न सक्ला तपाईंलाई । तर समाचार अनुसार गुल्मीका एक वृद्धले रेडियो सुने वापत विगत ३० वर्षदेखि नियमित कर तिर्दै आएका छन् ।सदरमुकाम तम्घासका ७८ वर्षीय पूर्णप्रसाद शेरचनले ३० वर्षदेखि तम्घास गाविस कार्यालयमा रेडियो सुने वापत यसरी हरेक वर्ष १० रुपैयाँ कर तिर्दै आएका छन् । पञ्चायतकालमा लाइसेन्स लिएर मात्र रेडियो राख्न पाइने र हरेक वर्ष लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा शेरचनले बहुदल आएपछि पनि लाइसेन्स नवीकरण गरी कर तिरिरहेको प्राप्त समाचारमा उल्लेख छ । अरुले कर ठगेपनि आफुले इमान्दार भएर सरकारलाई कर तिरेको शेरचनले बताउनुभयो । तम्घास गाविसका सचिव द्रोणराज पन्थीले रेडियो लाइसेन्स नविकरणको कर लिने व्यवस्था कानुनमा नभएपनि शेरचन आफैले कर लिन आग्रह गरेकाले कर लिइएको बताउनुभयो । गुल्मीका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले कसैले रेडियो सुनेवापत कर तिरेको सुन्दा आफूलाई आश्चर्य लागेको बताउनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग