Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले हंसरा गाउँ कमिटीको आठौँ अधिबेशन सम्पन्न

Published on 6:19:00 PM //

शिबलाल सुबेदी

नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष मधुकृष्ण पन्तले बिचार र सिद्धान्त बलियो भएका कारण राष्ट्रले एमाले तेतृत्वलाइृ पछ्याएको बताउनु भएको छ ।

नेकपा एमाले हंसरा गाउँ कमिटीको सम्पन्न आठौँ अधिबेशनको उद्घाटन शत्रमा उपाध्यक्ष पन्थले यस्तो बताउनु भएको हो । गाउँ कमिटि अध्यक्ष तुल्सीराम ज्ञवालीको अध्यक्षता रहेको उक्त अधिबेशनको गुल्मी क्षेत्र क्षेत्र नम्वर १ राष्ट्रिय प्रतिनिधि सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रिय सचिवालय सदस्य मैना भण्डारीले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा जिल्ला कमिटी सदस्य दान बहादुर राना, गुल्मी क्षेत्र नम्बर १ का क्षेत्रिय सदस्य केशव भट्टराई ,श्रीप्रसाद भण्डारी ,महेन्द्र भण्डारी, दलित मुक्ति समाज गुल्मीका सदस्य कुमार नेपाली लगायतका अन्य अथितीहरुको उपस्थिती रहेको थियो । साथै सम्पन्न आठौ अधिबेशनले ओम प्रसाद भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ गाउँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा कुष्ण प्रसाद ज्ञवाली, सचिवमा कुष्ण प्रसाद न्यौपाने, सह–सचिवमा चिरञ्जीवी ज्ञवाली लगायत रहनु भएको छ । नव निर्मित गाउँ कमिटीका उपाध्यक्ष कुष्ण प्रसाद ज्ञवालीको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रमले १ महिना भित्र बर्गिय सगठनहरु गठन गर्ने, अक्षकोष स्थापना गर्ने, जेठ १४ गते भित्र नै शान्ति र सबिधान निमार्ण गर्न माग गर्ने जस्ता निर्णयहरु पनि गरेको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग