Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलितहरु एकजुट हुने

Published on 11:30:00 PM //

शिबलाल सुबेदी
गुल्मी र वाग्लुङ जिल्लाका दलितहरु अधिकार प्राप्तीका लागी एकजुट हुने भएका छन् ।
दलित सुधार मञ्च दगातुम्डाडा वाग्लुङको आयोजनामा गुल्मीको वामी मुसीकोट र वाग्लुङको दगातुम्डाडाका दलीतहरुको आज खर्वाङ सम्पन्न भेला ले सो निर्णय गरेको हो । भेलाले गुल्मीका ९ र वागलुङका ७ गा.वि.स. लाई समेट्दै अधिकार प्राप्तिका लागी संयुक्त धारणा तय गर्न रुद्रवती दलित साझा मञ्च तदर्थ समितिको समेत गठन गरेको छ ।
मनोज गैरेको संयोजकत्वमा गठन गरीएको ११ सदस्यिय समितिको सचिवमा कासीराम वि.क. रहनुभएको छ । तदर्थ समितिले यहि माघ २९ गते वैठक वसी साधरण भेला वोलाउने र नयाँ कार्यसमिति तय गर्ने सचिव कासीराम वि.क. ले जानकारी दिनुभयो । भेलामा दलित सचेतनाका लागी रेडियो कार्यक्रम उत्पादन र प्रसारण तथा त्यसले पार्ने प्रभावका विषयमा पनी छलफल भएको थियो ।
कार्यक्रममा मुसीकोट वाट भेष वहादुर नेपाली, वामी वाट गोविन्द वि।क।, दगातुम्डाडा वाट लक्ष्मण वराल लगाएतले बोलेका थिए । भेला अध्यक्ष मनोज गैरेको अध्यक्षता तथा सचिव कासीराम वि.क. को सञ्चालनमा सम्पन्न भएको थियो 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग