Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिम्मेवारी फेरबदल

Published on 3:45:00 AM //

कृष्ण प्रसाद गौतम, अबुधाबी
संयुक्त अरब ईमिरेट्स स्थित आबुधाबी-नेपाली जनसम्पर्क समिति, अबुधाबी क्षेत्रिय समितिमा जिम्मेवारी  फेरबदल  गरिएको छ। समितीका पूर्व सभापति पूर्णचन्द्र डुम्रेको कार्य ब्यस्तताका कारण समितिका कामहरु गर्न को लागि अलिक असजिलो भएको भन्दै उहाँको सहमतीमा नेपाली जनसम्पर्क समितिका केन्द्रिय सदस्यहरुको एक भेलाले अबुधाबी क्षेत्रिय समितिमा फेरबदल गरेको हो ।

११ जनवरी शुक्रबारका दिन बसेको समितिको निर्णय अनुसार पुर्नगठन गरिएको भेलामा उपस्थित भएका केन्द्रिय समिति सभापति चित्र बहादुर के.सीले संचारकर्मीलाई जानकारी दिएका छन।

सो पुनर्गठित समितिको दुई सदस्यीय सल्लाहकार समितिमा भानु धमला र एन के भट्टराईलाई मनोनित गरेको छ भने समितीका अन्य पदाधिकारीहरुमा सभापति -कृष्णप्रसाद गौतम, उप-सभापति- बुद्ध भट्टराई, सचिब-किरण पौडेल, सह सचिब- माधव न्यौपाने, कोषाधक्ष्य-नवराज थापा तथा सदस्यहरुमा फुर्वा शेर्पा, आइत बहादुर थापा मगर, कृष्ण जी.सी, राजु अर्याल, नारायण थापा, भगवान देवकोटा रहनुभएको छ ।

नवगठित समितिका कामहरुलाई निरन्तर रुपमा लैजाँदै जाने तथा आफ्नो आस्थामा कुनै कमी नआउने कुरा पूर्व सभापति पूर्णचन्द्र डुम्रेले प्रतिकृया दिए । कार्यक्रममा केन्द्रिय समितिका सभापति चित्र बहादुर के सी को पनी उपस्थिती रहेको र क्षेत्रिय समितिको आग्रह अनुसार नै समितिको पदहरुमा फेरबदल गरिएको थियो।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग