Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मगर संघको इलाका अधिवेशन सम्पन्न

Published on 12:13:00 AM //

पी.एम.मगर
नेपाल मगर संघ इलाका नं. ७ को दोस्रो इलाका अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले मेघवहादुर डम्मरपालको अध्यक्षतामा ४ जना सदस्य मनोनयन गर्ने गरी ११ सदस्यीय इलाका समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा गौडाकोट गाविसकी शान्ति ढेँगा मगर, सचिव दुविचौरका सोमानसिँह श्रीस मगर, सह सचिव विरवासका देववहादुर रजाली मगर, कोषाध्यक्षमा गौडाकोटकी काँशीकला गाहा मगर लगायत ११ सदस्यीय रहनुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रीय सदस्य तथा लुम्विनी अञ्चल इन्चार्ज वालसिँह काउछाले अहिलेको लोकतान्त्रीक परिवेशमा पनि जातीय उत्पीडन तथा अतिक्रमणहरु अझै विद्यमान रहेको वताउनुभएको छ । परम्परादेृखि नै जरा गाड्दै आएको यस्ता खाले जातीय उत्पीडन र अतिक्रमणलाई उखेल्न संपुर्ण जनजातिहरु ले महत्वपुर्ण भुमिका निभाउनुपर्ने वेला आएको वताउनुभएको छ । केन्द्रीय सदस्य काउछाले भावी सन्ततीहरु आफ्नो अधिकारको लागि भन्दै रुन र पिरोलिन नपरोस भन्ने सोचेका थिए अव वन्ने संविधानमा अधिकारलाई सुनिश्चिता प्रदान गर्न अहिलेदेखि नै आवाजहरु उठाउँदै
जानुपर्ने वताउनुभएको छ ।
त्यस्तै नेपाल मगर संघ गुल्मीका कोषाध्यक्ष हिरासिँह सराङ्गकोटी मगरले पनि आफ्नो जातीय स्वपहिचान सहितको अधिकार सुनिश्चित गर्न प्रत्येक गाउँ गाउँवाट सचेत भएर लाग्नुपर्ने कुरामा जोड् दिनुभयो । कार्यक्रम नेपाल मगर संघ इलाका नं. ७ का निवर्तमान अध्यक्ष गिरी प्रशाद महाकिम मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग