Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जुनियाँमा महापुराण शुरु

Published on 3:12:00 AM //

पी.एम.मगर
गुल्मीको जुनियाँ गाविसमा वार्ड नं.९ मा विश्व कल्याण राष्ट्र शान्ति पितृ उद्धार श्रीमद भागवत महापुराण सप्ताह विराट ज्ञान महायज्ञ सोमबारदेखी  शुरु भएको छ ।

राष्ट्र शान्तिका लागि भन्दै आजदेखि शुरु भएको महायज्ञको वाचक १००८ विवेकानन्द गुरुले विधिवत रुपमा शुभारम्भ गर्नुभएको हो । सोही अवसरमा विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष तथा नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति सुरेशचन्द्र भुसाल, जिल्ला विकास समितिका पुर्व सभापति सभापति पुर्णवहादुर केसी, आयोजक संस्थाका अध्यक्ष चन्द्रमणी भण्डारी, राष्ट्रिय गायक चेतनाथ कण्डेल, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो । यही फाल्गुन ८ गतेसम्म चल्ने महायज्ञमा स्वामी विवेकानन्दले प्रवचन दिनुहुने आयोजक सन्तोषी नगर विकास समिति  तथा माण्डवी स्मृति प्रतिष्ठान गुल्मीले जनाएको छ । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग