Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वस सञ्चालन भएपछि हर्षित स्थानीयवासीहरु

Published on 3:18:00 AM //

पी.एम.मगर
गुल्मीको आँपचौरमा पहिलो पटक वस पुग्दा स्थानीयवासीले वाजा गाजा सहित नाँचगान गरी खुशीयाली मनाएका छन् ।

पश्चिमाञ्चल वस व्यवसायी समितिले वुटवलदेखि आँपचौर गाविसमा लु १ ख ६१९३ नंम्वरको वस सञ्चालनमा ल्याएपछि उनीहरुले यसरी खुशियाली मनाएका हुन् । समितिले वुटवलदेखि आँपर्चौरसम्म दैनिक एउटा वस सञ्चालनमा ल्याउने भएको छ । गत १५ दिनदेखि जीप सेवा सुचारु हुन नसक्दा सास्ती व्यहोरेका स्थानीयवासीलाई वस सञ्चालन भएकोमा निक्कै खुशीयाली छाएको स्थानीय समाजसेवी रुद्र खरेलले वताउन भएको छ । 

वस सेवा सञ्चालन हुँदा आँपचौर सहित दिव्रुङ्ग र कुर्घाको स्वाँरा लगायतका जनता लाभाम्वित हुने खरेलले वताउनु भएको छ । उक्त वस सेवा सञ्चालनमा ल्याउन प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको प्रमुख भुमिका रहेको स्थानीयवासीले वताएका छन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग