Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घरगोठमा आगलागि हुँदा ५ लाख वरावरको क्षति

Published on 11:00:00 AM //

सीता भण्डारी,
अर्घाखाँचीको ठाडामा गएराति एक घरगोठमा आगलागि हुँदा करिव ५ लाख वरावरको क्षति भएको छ ।

ठाडा गाविस वाड नं. ५ दमारा निवासी डिलाराम न्यौपानेको घरगोठमा आगलागि हुँदा घरमा रहेका अन्नपात, लत्ताकपडा, जीन्सी लगायतका सामगी्र जलेर पुर्णरुपमा जलेर नष्ट भएका हुन् । न्यौपानेको घरको छानामा जडानगरीएको सोलारको व्याट्री एक्कासी पड्कीएपछि घरगोठमा आगलागि भएको थियो । घरको छाना खरको भएको र हावाहुरीका कारण घरभित्र रहेका सामग्री वचाउन नसकिएको स्थानीय तुलसी घिमीरेले वताउनु भयो । स्थानीयवासीको प्रयासमा आगलागि नियन्त्रणमा लिई अन्य नजिकका घरहरु भने जोगाईएको घिमिरेले जानकारी दिनुभयो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग