Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खानेपानीको समस्या अझै टरेन

Published on 7:39:00 PM //

पी.एम.मगर
गत तीनदिनदेखि खानेपानी अवरुद्ध हुँदा गुल्मीको मुसीकोट र वडागाउँ गाविसका स्थानीयवासी समस्यामा परेका छन् ।

नेटा गाविसवाट ल्याईएको उक्त खानेपानीको पाईप समय समयमा टुट्ने फुट्ने तथा विग्रिने भईरहदा त्यस क्षेत्रका वासिन्दाले पटक पटक समस्या व्यहोर्दै आउनु परेको छ । अहिले पनि नेटा गाविसमा पाईप फुटेपछि खानेपानीको समस्या उत्पन्न भएको हो । मुसिकोट र वडागाउँ गाविसका स्थानीयवासीहरु खानेपानीको लागि एक घण्टा भन्दा वढी समय लगाएर कुवा तथा पधेराहरुमा धाउने गरेका छन् ।
हिउँदे यामको शुरुवात संगसंगै नजिक रहेका पानीका मुहान पनि सुक्दै गएकाले खानेपानी ल्याउन घण्टौ लगाएर कुवा तथा पधेरामा धाउनु वाध्य भएको स्थानीयवासीको गुनासो रहेको छ । अवरुद्ध खानेपानी सञ्चालनका लागि मर्मत कार्य जारी रहेको र पुर्णरुपमा सञ्चालनका लागि अझै केही दिन पर्खिनुपर्ने खानेपानीका व्यवस्थापक दधिराम भट्टराईले वताउनुभएको छ ।
नेटा गाविसमा रहेको उक्त खानेपानीको मुहान र वितरण क्षेत्र मुसिकोट र वडागाउँ गाविसको दुरी धेरै लामो भएका कारण खानेपानी अवरुद्ध हुँदा कहाँ विग्रियो भन्ने पत्ता लगाउनै समस्या पर्ने गरेको स्थानीयवासी इन्द्रवहादुर खत्रीले वताउनुभएको छ । अहिले चुडिँएको जीआई पाईपको मर्मत कार्य भईरहेको उहाँले वताउनुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग