Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा ५ को मुत्यु

Published on 11:13:00 AM //

शिबलाल सुबेदी
बाग्लुङको पाण्डवखानी बाट गल्कोट हटियाका लागि खेलाडी लिएर हिडेको जीप दुर्घटना हुदाँ ५ जनाको घटनास्थलमै मुत्यु भएको छ भने ४ जना गम्भिर घाईते भएका छन ।
ना १ ज १२८६ नम्बरको उक्त जिप गएराती १० बजेतिर बाग्लुङको मल्म गाविस वार्ड नम्बर ९ दाग्दी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परि मुत्यु हुनेहरुमा पाण्डवखानी गाविस वार्ड नम्बर ६ बर्ष ४० का हर्क बहादुर पुन, सोही स्थानकै बर्ष १८ का दिपक पुन, २३ बर्षका दिनेश बहादुर श्रीस, २० बर्षका बिक्रम श्रीस, पाण्डवखानी ३ बर्ष २५ का श्यामु काउछा रहेका छन । त्यस्तै दुर्घटनामा परि गम्भिर घाईते हुनेहरुमा पाण्डवखानी गाविस वार्ड नम्बर ८ बर्ष ४० का बल बहादुर पुन श्रीस, सोही गाविस वार्ड नम्बर ९ बर्ष २६ का कुमार थापा,सोही गाविस वार्ड नम्बर ६ बर्ष १८ का गंगा बहादुर श्रीस र ठेगाना खुल्न नसकेका गाडि चालक चित्र बहादुर थापा रहेका छन । गम्भिर घाईतेहरुको अहिले जिल्ला अस्पताल बाग्लुङ्गमा उपचार भैरहेको छ । जिप के कारणले दुर्घटना भएको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । जिप सड्कबाट २ सय मिटर भन्दा खसेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग