Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महवाट ५० लाख आम्दानी

Published on 8:16:00 PM //

सीता भण्डारी 

मह बेचेर अर्घाखाँची जिल्लाको धनचौर र ढिकुरा गाविसमा वार्षिक पचास लाख रुपैयाँ भन्दा बढी भित्रिएको छ । मौरी पालन व्यावसायबाट राम्रो परागत रुपमा एक दुई मौरी पालिदै आएपनि पछिल्लो पटक गाउँलेले मौरी पालनलाई व्यावसायिकरण गरेपछि आम्दानी बढेको हो ।
धनचौर ढिकुरा गाविसका करिब १ सय ८० घरपरिवारले व्यावसायिक मौरी पालेका छन । मौरी पालन व्यावसायलाई विस्तार गर्न गाउँलेले समुह बनाएका छन । दुई गाविसका अधिकाश घरमा घरैपिच्छे मौरी पालेका छन । गाउँमा एक घार देखी ३० घारमसम्म पालेका छन । दुई गाविस मौरीका लागि चरन क्षेत्र प्रशस्त भएकाले व्यावसाय फस्टाउदै गएको र मह बेचेर दुई गाविसमा वार्षिक ५० लाख भन्दा बढी भित्रिएको धनचौरी मौरी पालन समुहका बासुदेव पाण्डेले बताउनुभयो ।

यहाँ उत्पादित मह बेटवल, सन्धिखर्क, दाङ, भैरहवा देखी काठमाडौसम्मका बजारहरुमा बिक्री हुने गर्दछ । मह प्रतिकिलो चार सय रुयैयाँमा बिक्री हुदै आएको छ । ढिकुरा गाविस क्षेत्रमा चिउरी लगायत फुल फुल्ने रुखहरु प्रशस्त भएकाले मौरीपालन व्यावसाय फस्टाएपनि बेला बेलामा मौरीको घारै मर्ने र चरन क्षेत्रको प्रभावकारी अनुगमनको कमी भएकाले समस्या पर्ने गरेको सुप्रकाश खनालको भनाई छ । धनचौर मौरी पालनमा नेपालमै दोस्रो स्थानमा पर्छ । 
मौरीको आहारका लागि चिउरी, सुन्तला, लिची, कफी, अम्बा, तोरी लगायतका फुल फुल्ने रुखहरु प्रशस्त चाहिन्छ । धनचौरमा किसानको उत्साह अनुसार मौरी पालनको लागि चरन क्षेत्र कमी भएको जिल्ला कृषि विकास कार्यलयका प्राविधिक रामबहादुर रायमाझीले बताउनुभयो । जिल्लाको धनचौर, ढिकुरा, नुवाकोट, ठुलापोखरा, जुकेना, धारापानी, ठाडा, पोखराथोक र वाग्ला गाविसलाई पकेट क्षेत्र घोषणा
गरिएको छ, जसमध्ये धनचौरमा जिल्लामै धेरै मह उत्पादन हुने उहांले बताउनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग