Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छुवाछुत प्रथाको अन्त्य अझै हुन सकेन

Published on 10:32:00 PM //

पी.एम.मगर
मुलुक अहिले लोकतान्त्रीक पद्धतिमा प्रवेश गरिसकेको अवस्थामा पनि जातीय विभेद अझै अन्त्य हुन नसक्नु पीडादायी भएको एक कार्यक्रमका वक्ताहरुले वताएका छन् ।

नेपाली काँग्रेस निकट नेपाल दलित संघको १४ औँ स्थापना दिवसको अवसरमा गुल्मीको तम्घासमा आयोजित “सामाजिक परिवर्तनका लागि हाम्रो अभियान” विषयक अन्तरकृया कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति सुरेशचन्द्र भुसालले जातीय विभेद कानुनी अपराध भएको वताउँदै जातीय विभेद गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने कुरामा जोड् दिनुभयो । उहाँले नेपाली काँग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवा प्रधानमन्त्रीमा रहेकै वखत सरकारद्धारा सार्वजनिक स्थलहरुमा छुवाछुत अन्त्यको घोषणा भए पनि त्यो अझै सम्म पुर्ण कार्यान्वयनमा आउन नसकेको वताउनुभएको छ ।
ग्रामिण क्षेत्रहरुमा दलित दलित विचमा पनि विभेद रहेको स्मरण गराउँदै समाज परिवर्तनका लागि आफैवाट अभियान शुरुवात गर्नुपर्ने वताउँदै यस अभियानमा नेपाली काँग्रेस एक भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु वलाल, महाधिवेशन प्रतिनिधी भुवनप्रसाद श्रेष्ठ, नेपाल तरुण दलका केन्द्रीय सदस्य छन्दवहादुर पहराई, नेपाल प्रेस युनियन पाल्पाका अध्यक्ष जगदिश भट्टराई, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कृष्ण अर्याल, यमवहादुर विश्वकर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नेपाल दलित संघका जिल्ला अध्यक्ष झविन्द्र विश्वकर्माको सभापतित्व, इश्वरी परियारको स्वागत मन्तव्य तथा सचिव हरीकृष्ण विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग