Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा कपको उपाधी आयोजक गुल्मीलाई

Published on 4:14:00 AM //

दक्षिण कोरियामा आयोजित रेसुङ्गा कप भलिबल प्रतियोगिताको उपाधी गुल्मी संपर्क समाजले हात पारेको छ ।
गत फेब्रुअरी ५ तारिखका दिन दक्षिण कोरियाको फाल्सान स्थित फाल्सान स्पोर्टस सेन्टरमा गुल्मी संपर्क समाजले आयोजना गरेको उक्त प्रतियोगितामा समिती म्याग्दी समाज कोरियालाई झिनो अन्तरले पराजित गर्दै उपाधी आफ्नै पोल्टामा पार्न सफल भएको हो । गुल्मी संपर्क समाजको तर्फबाट २ टिमको सहभागीता रहेकोमा गुल्मी टिम 'ए' उपाधिको कप उचाल्न सफल भएको हो । टिम 'बी' भने म्याग्दी समाज सँग नै हार ब्यहोरेको थियो । जम्मा १० टिमको सहभागीता रहेको प्रतियोगितामा सुदुर्-पश्चिम समाजले भने तेश्रो स्थानमै चित्त बुझायो ।
निकै नै रोचक र प्रतिस्प्रधात्मक रहेको उक्त प्रतियोगिताको एन आर एन कोरियाका अध्यक्ष्य बिनोद कुंवरले उद्घाटन गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व गुल्मी समाजका अध्यक्ष्य गन्धिब सुबेदीले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग