Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उपभोक्ता भेला सम्पन्न

Published on 12:59:00 PM //

शिबलाल सुबेदी
      गुल्मी जिल्ला अर्खले गाविस वडा नम्बर ६ मा रहेको मसिना पोखरी सामुदायिक वन उपभोक्ता समुहको नवौं उपभोक्ता भेला सम्पन्न भएको छ ।

       मसिना पोखरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल वहादुर दर्लामीको अध्यक्षतामा वसेको भेलाले लाल वहादुर दर्लामीको अध्यक्षतामा १५ सदस्य नयाँ कार्य समिति समेत चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा ज्ञान वहादुर दर्लामी, सचिवमा कमला पन्थी, सह–सचिवमा पवित्रा गौतम, कोषाध्यक्षमा विजय मरासिनी लगायतका रहेका छन ।
      कार्यक्रमा प्रमुख अथिती समेत रहनु भएका वन कार्यालय गुल्मीका वनरक्षक घनश्याम आचार्यले बन हामी सबैको सम्पती भएकाले यसलाई सरक्षण गर्नका लागि सबै मिलेर जानुपर्ने बताए । पछिल्लो समयमा कतिपय स्थानहरुमा बन फडानी तिब्र रुपमा भैरहेको प्रति चिन्ता ब्यक्त गदै आचार्यले उक्त कार्य छिटो भन्दा छिटो रोक्नु पर्नेमा जोड दिएका थिए। भेला कुष्ण पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग