Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सबको रकम सामाजिक काममा

Published on 1:15:00 AM //

शिबलाल सुबेदी

गुल्मी जिल्लामा यही वैखाख ४ गतेदेखि संचालन हुन गईरहेको गुल्मी महोत्सवको तयारी यतिवेला तिव्र रुपमा अगाडि वढीरहेको छ ।

महोत्सव मूल समारोह समितिका संयोजक गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न आजको वैठमा विभिन्न विषयगत समितिहरुले आ-आफ्नो विषयगत समितिले गरेको कामको प्रगति विवरणको वारेमा जानकारी गराएको छ । वैठकले महोत्सववाट संकलन भएको रकम मध्य खर्च कटाएर वाकि रहेको रकम मध्य ६० प्रतिशत रकम गुल्मी जिल्लाको सामाजिक काममा खर्चिने जनाएको छ । जसमा पर्यटन पर्वद्धनको क्षेत्रमा ३० प्रतिशत र सरसफाई क्षेत्रमा ३० प्रतिशत खर्च गरि ६० प्रतिशत खर्च गर्ने र बाँकी रकम गुल्मी उद्योग वाणिज्य संघमा राख्ने निर्णय गरेको छ । वैठकमा महोत्सवको तयारीकोलागि काठमाण्डौ गएको टोलीले गरेको कार्य प्रगतिको वारेमा जानकारी गराएको थियो । कार्यक्रम गुल्मी उद्योग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग