पहिलो पर्यटन महोत्सवले तात्यो तम्घास
Published on
4:26:00 PM //
विष्णु पौडेल,
प्रथम गुल्मी पर्यटन तथा सांस्कृतिक महोत्सवको आज दोस्रो दिन पनि विभिन्न राष्ट्रिय कलाकारको बिशेष प्रस्तुति रहको छ ।

महोत्सवको हिजो एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नु भएको थियो । महोत्समा विभिन्न कृषि क्षेत्रका ६० वटा स्टल राखिएको छ । भोलीसम्म चल्ने महोत्सवमा जिल्लाका पर्यटकिय स्थलहरुको फोटो र भिडियोबाट जानकारी, कृषि क्षेत्रको प्रवर्धन तथा प्रदर्शन, विभिन्न जातीय पहिचानका आधारमा झाँकी र संस्कृति प्रदर्शन भइरहेका छन् । सदरमुकाम तम्घासको चिदिचौरमा भइरहेकोे महोत्सवमा आज र भोली प्रवेश शुल्क कुर्चीमा बस्नेको लागी ५० र भुँइमा बस्नेको लागी २० निर्धारण गरिएको छ । महोत्सवमा हजारौको उपस्थिति रहेको छ ।