Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छ ओटा घारगोठमा आगलागि, २२ लाखको क्षति

Published on 9:28:00 PM //

घनश्याम गौतम/सीता भण्डारी
गुल्मीको पराल्मी गाविसमा शुक्रवार बेलुका करिव चार वजेतिर छ ओटा घारगोठमा आगलागि हुँदा २ घर र चार गोठ जलेर नष्ट भएका छन । 

सदरमुकाम तम्घासबाट ३ घण्टाको पैदल दुरीमा पर्ने पराल्मी गाविसको वार्ड नं. १ झेंसीखर्क निवासी खिमवहादुर पेमि र तमवहादुर पेमिको  घरगोठमा एक्कासी आगलागि हुँदा घर र गोठमा रहेका अन्नपात, लत्ताकपडा, काठ, घाँस दाउरा र गोठमा रहेका तीन भैंसी, पाँच बाख्रा, एक सुँगुर र कुखरा जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयले दुई घर र उनीहरु दुवै जनाको चार गोठमा गरी आगलागीबाट २२ लाख भन्दा बढीको क्षति पुगेको जनाएको छ । पहिले घरमा एक्कासी आगलागि भएको र गोठमा पनि आगो सल्कीएको स्थनीयवासीले वताएका छन् । आगलगिको कारण भने खुल्न सकेको छैन । आगलागि साँझ आठ बजे सम्मपनि नियन्त्रणमा आईनसकेको स्थानीय तिलक गौतमले जानकारी दिनुभएको छ । आगो स्थानीय बासिन्दाको पहलमा आंशिक नियन्त्रणमा आएको भएपनि तम्घासबाट गएको प्रहरीले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग