Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिस्तान गुल्मीमा अर्याल

Published on 7:54:00 AM //

पी.एम.मगर
उच्च माध्यमिक शिक्षक एशोसियशन (हिस्तान) गुल्मीको दोश्रो
अधिवेशन मंगलवार सम्पन्न भएको छ । 
अधिवेशनले खुमानन्द घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्य समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा खेमराज अर्याल, सचिव युवराज अर्याल, कोषाध्यक्ष हरी ज्ञवाली, सहसचिव हरिप्रसाद अर्याल र सदस्यहरुमा लक्ष्मी पन्थी, चिरञ्जीवि तिवारी, हिमकला राना, प्रकाशलाल श्रेष्ठ, चिन्तामणी अर्याल, मदनवहादुर कुवँर, थम्मन केसी, रामप्रसाद पौडेल, गोपाल रायमाझी, शरद ज्ञवाली, राजेन्द्र रावत र छविलाल कुवँर रहेका छन् । त्यस्तै अधिवेशनले छवि खरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा रोहित भण्डारी, रामप्रसाद खनाल, प्रेम भण्डारी, डोरविक्रम श्रीस, दशरथ घिमिरे र दानवहादुर केसी रहनुभएको छ । 
अधिवेशनको उद्घाटन सत्रमा उच्च माध्यमिक शिक्षक एशोसियशन हिस्तानका केन्द्रीय उपाध्यक्ष रामप्रसाद ढकाल, केन्द्रीय सदस्य दामोदर वस्याल, शिक्षक संगठनका रोहित भण्डारी, जिल्ला शिक्षा कार्यालयका उपसचिव थानेश्वर घिमिरे, शिक्षक युनियनका सचिव टिकानिधी पन्थी, अर्जुन आवसीय उच्च माविका प्राचार्य दानवहादुर केसी, श्रोत व्याक्ति छवि खरेल लगायतका वक्ताहरुले उच्च माध्यमिक विद्यालयको वर्तमान अवस्था र नीतिगत व्यवस्था संवन्धमा आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम हिस्तान गुल्मीका निवर्तमान अध्यक्ष खुमानन्द घिमिरेको सभापतित्व, हिमकला रानाको स्वागत मन्तव्य तथा युवराज अर्यालले सञ्चालन गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग