Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माटोको ढिस्कोले पुरीएर गम्भिर

Published on 11:54:00 AM //

गगनशिला खड्का
घरपोत्ने रातोमाटो क्रममा पुरीएर मंगलबार गुल्मीको नयाँगाउँमा ३ जना घाईते भएका छन् ।
नयाँगाउँ गाविस ५ मुलाखोला भन्ने ठाउँमा माटाखन्न पुगेका अर्घाखाँचीको मरेङ्ग ३ का ७ जना महिला घाईते भएका हुन् । घाईते मध्ये गुल्मी नयाँगाउँ गाविस ३ खालाचौरकी पुतला पाण्डे, मरेङ्ग ३ अमिले निवासी ३३ वर्षिया ईन्दिरा आचार्य, तुलसा कुँवर को अबस्था गम्भिर रहेकोले उपचारको लागी गुल्मी जिल्ला अस्पत्ताल तम्घास ल्याइएको  स्थानिय मुना केसीले बताउनुभयो । अन्य चार जनाको अबस्था भने सामान्य रहेकोले स्थानिय उपस्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको
उहाँले बताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग