Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल भारत मैत्री संघ गुल्मीको दोश्रो जिल्ला अधिवेशन सम्पन्न

Published on 7:54:00 PM //

पि.एम.मगर
नेपाल भारत मैत्री संघ गुल्मीको शनिवार सम्पन्न दोश्रो जिल्ला अधिवेशनले प्रेमनाथ अर्यालको अध्यक्षतामा सर्वसम्मत रुपमा १४ सदस्यीय नयाँ नेतृत्वको चयन गरेको छ ।

जसको उपभापतिमा दान वहादुर केसी, सचिव भुवन प्रसाद श्रेष्ठ, कोषाध्यक्ष विष्णु वलाल रहनु भएको छ । त्यसै गरि अन्य सदश्य पदमा अनन्तराम पौडेल, जनार्दन घिमिरे, दीन पन्थी, नवराज भुसाल, कुञ्जरमणी गौतम,अखिलेश्वर प्रसाद पाण्डे,यम वहादुर थापा मगर, यम वहादुर थापा क्षेत्री, विष्णु कुमारी सापकोटा र क्याप्टेन नन्दराम थापा चयन हुनु भएको छ । नेपाल भारत मैत्री संघ गुल्मीका सभापति एवं पश्चिमाञ्चल क्षेत्रका केन्द्रिय उपाध्यक्ष नन्दराम भुसालको अध्यक्षतामा सम्पन्न उक्त अधिवेशनले पाँच जना सल्ललाहकार समितिको समेत गठन गरेको छ ।
जसमा शशी पन्थी,नरप्रसाद श्रेष्ठ, रुद्रवहादुर भुजेल, डिल्लीराज भुसाल र चन्द्रकान्त पन्थी रहनु भएको छ । अधिवेशनले आगामी चैत १२ र १३ गते विराट नगरमा हुन गईरहेको केन्द्रिय अधिवेशनको लागि चार जना प्रतिनिधिहरुको समेत चयन गरेको छ । जसमा भुवन प्रसाद श्रेष्ठ, विष्णु वलाल, कुञ्जरमणी गौतम र नवराज भुसाल रहनु भएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यक्रममका अध्यक्ष नन्दराम भुसालले कार्याकालको सफलताको कामना गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग