Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सामुदायिक रेडियो स्काईको प्रथम साधारण सभा चल्दै

Published on 7:55:00 PM //

पि.एम.मगर
सामाजिक न्यायका लागि सञ्चार अभियानद्धारा सञ्चालित गुल्मी जिल्लाको पहिलो तथा एक मात्र सामुदायिक रेडियो रेडियो स्काई ८८.४ मेगाहर्जको प्रथम साधारण सभा चलिरहेको छ ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, नेपाली काङ्रेस जिल्ला कार्य समिती  सचिव बिष्णु बलाल, नेकपा एमाले प्रचार प्रसार बिभाग प्रमुख शेषकान्त गौतम, नेकपा मालेका जिल्ला सचिव जिवलाल अर्याल, जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त्त भुसाल, जिल्ला हुलाक कार्यलयका अधिकृत हरिप्रसाद गैरे, निजामति कर्मचारी युनियनका केन्द्रिय सदस्य जयश्वर पन्थी, अजुर्न आवसीय उच्च माध्यामिक विद्यालयका प्रचार्य दानवहादुर केशी, रेसुङ्गा वहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख दिन पन्थी, पत्रकार महासघं गुल्मीका अध्यक्ष घनश्याम गौतम, रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे, नेपाल प्रेस युनियनका अध्यक्ष हरीकुमार श्रेष्ठ, संस्थापक शेयर सदस्यको तर्फवाट नेपाल महिला संघकी अध्यक्ष विष्णु सापकोटा, लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
कार्यक्रममा स्थानीय समाजसेवी तथा रेडियोका संस्थापक शेयर सदस्य कर्ण वहादुर वुचा मगरलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो भने रेडियोको तर्फवाट प्रमुख जिल्ला अधिकारी परशुराम अर्याललाई खादा ओडाएर सम्मान गरिएको थियो । साधारण सभामा बोल्ने अथितीहरुले यस रेडियो सामुदायिक भएकाले समाजमा भए गरेका सामाजिक कार्यक्रमहरुलाइृ प्राथमिकता दिएर जानु पर्ने बताएका थिए । रेडियोले २०६७ साल असार २३ गतेबाट आफ्नो प्रशारण शुरु गरेको हो । 
साधरण सभाको खुल्ला शत्र प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको प्रमुख आत्थ्यिता, रेडियो सञ्चालक समितीका अध्यक्ष शालिकराम पन्थिको सभापतित्व र सचिव गोविन्द गौतमको सञ्चालमा सम्पन्न भएको थियो भने बन्द शत्र अहिले चलिरहेको छ । यस बन्द शत्रले नयाँ सञ्चालक समिती समेत चयन गर्ने बताइएको छ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग