Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

३६ जना एकल महिला सम्मानित

Published on 12:00:00 PM //

गगनशिला खड्का
एक सय एक औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा अन्य ठाउँमा
औपचारीक कार्यक्रमहरु गरेर नाचगान गरीरहँदा गुल्मीको म्यालपोखरी गाविसको महिला समूहले एकल तथा विधवा महिलाहरुलाई सम्मान गरेका छन् । स्थानिय लालीगुराँस महिला समूहले गाविसभित्रका ७० वर्षपुगेका ३१ जना विधवा र ५ जना एकल महिलाहरुलाई सम्मान गरको हो । उहाँहरुलाई दोसल्ला ओढाएर सम्मान गरीएको समूहकी अध्यक्ष कला भट्टराईले बताउनुभयो । औपचारीक कार्यक्रम गरेर मात्र महिलाहरुको हित नहुने भन्दै विधवा र एकल महिलालाई पनि उनीहरु समाजमा सच्चा सम्मान हुने भएकोले सम्मानकार्यक्रम गरीएको उहाँले बताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग