Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तरुणदलले सबै गाविसमा शोक पुस्तिका राख्ने

Published on 5:01:00 PM //

गगनशिला खड्का
नेपाली काँग्रेसका संस्थापक तथा पूर्व सभापति एव पूर्व प्रधानमन्त्री
कृष्ण प्रसाद भट्टराईको निधन भएको शोकमा नेपाल तरुण गुल्मीले ७९ वटै गाउँ समितिमा शोक पुस्तिका राख्ने भएको छ । भट्टँराईको देहवसानले तरुणदल गल्मी अत्यन्तै शोकाकुल भएको भन्दै उहाँको श्रद्धा र सम्मानमा शोक पुस्तिका राख्ने जनाएको छ ।
तरुणदलले मंगलवार एक शोक विज्ञप्ती जारी गर्दै सबै कार्यालयहरुमा १३ दिनसम्म संगठनको झण्डा आधा झुकाउने, तथा शोक सभा गर्ने तर अन्य कुनैपनि औपचारीक कार्यक्रम नगर्ने जनाएको छ । तरुण दल गुल्मीका अध्यक्ष खिलध्वज पन्थी र सचिव छवि पाण्डेयले संयुक्त रुपमा
निकालेको विज्ञप्तीमा भट्टराईको निधनले नेपाली राजनीतिमा त्याग संघर्ष र निष्ठाको शुक्रतारा अस्ताएको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरीएको छ । तरुण दलले थै उहाँको आदर्श, त्याग र निष्ठाको पथलाई अनुरण गर्ने प्रतिज्ञा गरएिको छ ।
यसैविच नेपाल प्रेस यूनियन गुल्मीले पनि नेपाल पत्रकार संघका संस्थापक स्वर्गीय भट्टराईको निधनले शोकाकुल भएको जनाएको छ । उहाँको निधनले नेपाली राजनीति तथा पत्रकारीताको क्षितिजबाट त्याग, संघर्ष र निष्ठाको शुक्रतारा अस्ताएको भन्दै श्रद्धाञ्जली अर्पण गरको छ । यूनियनका अध्यक्ष हरीकुमार श्रेष्ठद्धारा हस्ताक्षरीत विज्ञप्तीमा स्वर्गीय भट्टराईको नैतिकता र आर्थिक अनुशासनको बाटोलाई नेपाली राजनीतिकर्मिले अनुशरण गरुन् कामना कामना गरीएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग