Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रातारात गाउँपरीषद्

Published on 11:58:00 AM //

गगनशिला खड्का
गाउँ परीषद के को लागी गरीन्छ भन्यो भने सबै लाई थाहा छ
जनताका विकाश निर्माणका लागी बजेट विनीयोजन गर्न । तर गुल्मीको म्यालपोखरी गाविसमा जनताका प्रतिनिधी क्लव तथा संघ संस्थाले समानुपातिक रुपमा बजेट विनीयोजन गर्न माग गरेपछि गाविस सचिव र राजनितिक दलको मिलेमतोमा रातारात गाउँ परीषद् गरेका छन् । सोमबार साँझ अबेरसम्म गाउँ परीषद्मा महिला, दलित, जनजाती, अपाङ्ग, तथा सबै संघ संस्थालाई पनि समानुपातिक रुपमा बजेट विनीयोजन गर्न माग बढेपछि विबाद भएको भन्दै मंगलबार विहानको लागी भनेर स्थगीत गरीएको गाउँ परीषद् रातारात सम्पन्न गरको स्थानिय पत्रकार नारायण भट्टराईले बताएका छन् ।
सबैको प्रतिनिधीत्व गर्ने मानिसलाई पाखालगाएर राजनितिक दलका केही व्यक्तिहरु मिलेर गाउँ परीषद् गरेको भन्दै स्थानिय यूवाहरुले विरोध गरेका छन् । गाविस सचिव डिल्लीराज भट्टराईको अध्यक्षतामा राती २ बजे नेपाली काँग्रेसका पूर्व गाविस सभापति लँक नारायण भट्टराई, माओवादी क्षेत्रीय सदस्य टेकराज पोखरेल, एमाले क्षेत्रीय सदस्य हरी भट्टराई, राष्ट्रिय जनमोर्चाका चन्द्र प्रसाद भट्टराई, काँग्रेस क्षेत्रीय सदस्य कमल कुँवर लगातका व्यक्तिहरु मात्रै बसेर गाउँ परिषद सम्पन्न गरकेो भन्दै यूवाहरुले विरोध गरेका छन् । 
गाउँ परीषदमा हरेक वार्डबाट ५ जना प्रतिनिधी भएपनि कोही नभएको समय पारेर परीषद् गरीएको यूवाहरुले बताएका छन् । नेकपा एमाले म्यालपोखरीका अध्यक्ष हिम प्रसाद भट्टराईले पनि आफू पार्टिको तर्फबाट प्रतिनिधी भएको तर आफू भोली विहान परीषद् गर्ने भनेर साँझपख नै हिँडेकोले परीषद् सम्पन्न भएको विषयमा केही थाहा नभएको र एमालेको तर्फबाट आफू नै प्रतिनिधी भएकोले प्रतिनिधी विना कसरी परीषद् सम्पन्न भयो भन्ने विषयमा समेत थाहा नभएको बताउनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग