Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुलुक हाँक्नेहरु सत्यतामा अडिग बन !

Published on 9:37:00 PM //

पी.एम.मगर
प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले मुलुक हाँक्ने नेताहरुलाई सत्यतामा अडिग बन्न
र जनताको विश्वास जितेर अघी बढ्न आग्रह गर्नुभएको छ ।   नेपाली कांग्रेसका सँस्थापक नेता, नेपाल पत्रकार महासघंका सस्थापक अध्यक्ष तथा पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको निधनप्रति नेपाल प्रेस युनियन गुल्मीले आज शोक सभा सम्पन्न गरेको छ ।
शोक सभामा वोल्ने वक्ताहरुले स्वर्गीय भट्टराईको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको भन्दै अहिलेको राजनीतिक तरलताको अवस्थामा भट्टराईवाट धेरै पाठ सिक्नु जरुरी रहेको वताएका छन् । राजनीतिक दलहरु जनताको अधिकार र संविधान निर्माणप्रति भन्दा पनि आफ्नो पद र स्वार्थको पछाडी दौडिरहेकाले जनताले दुख पाईरहनुपरेको वताएका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य भुवनप्रसाद श्रेष्ठले भट्टराईले पार्टी र मुलुकप्रति गरेको योगदानको चर्चा गर्नुभएको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले मुलुक चलाउने
व्याक्तिहरु सत्यतामा अडिक हुनुपर्ने कुरामा जोड् दिँदै त्यो गुण पुर्व प्रधानमन्त्री स्वर्गीय भट्टराईमा रहेको वताउनुभएको छ ।
नेपाल विद्यार्थी संघका संस्थापक एवं रेसुङ्गा वहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्रेमनाथ अर्यालले भट्टराईमा जस्तो गुण अहिले कुनै नेतामा पनि नभएको दावी गर्दै राजनीतिक दलहरुले चरित्र, निष्ठा, आस्था र समर्पणको पाठ भट्टराईवाट सिक्नुपर्ने वताउनुभएको छ । त्यस्तै सोही क्याम्पसका पुर्व क्याम्पस प्रमुख शशि पन्थीले राजनीतिक दलहरुप्रति इंकित गर्दै जवसम्म कर्मको विजय हुँदैन तवसम्म देशमा जनताले सुख शान्तिको महशुस गर्न नसक्ने भन्दै फल खाने हरुले कर्म गर्नतर्फ पनि ध्यान पु¥याउनुपर्नेमा जोड् दिनुभयो ।
स्वार्थ र सत्ताको लागि मात्र लडिरहने नेताहरुकै स्वभावका कारण जनताले दुःख पाईरहेको उहाँले वताउनुभयो । कार्यक्रममा पुर्व क्याम्पस प्रमुख दीन पन्थी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतम लगायतले पनि भट्टराईको व्याक्तित्वका वारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका गुल्मीका सल्लाहकार रेशम कुवँर, कर्मचारी युनियनका अध्यक्ष खिमानन्द पाण्डे, नेपाल प्रध्यापक संघका कोषाध्यक्ष गोपाल पाण्डेय, नेपाली काँग्रेस गुल्मीका पुर्व उपसभापति जयप्रताप मल्ल, नेपाल विद्यार्थी संघका जिल्ला सचिव पुर्ण के।सी, गैर सरकारी संस्था महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारी, प्रहरी नायव उपरीक्षक पदमप्रसाद सुवेदी, समाजसेवी चक्रवहादुर कुवँर, पत्रकार लगायतको सहभागीता रहेको थियो ।
नेपाल प्रेस युनियनका उपाध्यक्ष छवि पाण्डेयको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रम अध्यक्ष हरिकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव पि.एम.मगरको गर्नुभएको थियो । त्यस्तै नेपाली काग्रेसका सस्थापक नेता, नेपाल पत्रकार महासघंका सस्थापक अध्यक्ष तथा पुर्व प्रधानमन्त्री कुष्णप्रसाद भट्टराईको १३ औँ दिन तिथीमा नेपाली काँग्रेस जिल्ला कार्य समिति र नेपाल पत्रकार महासंघ गुल्मीले छुट्टाछुट्टै शोक सभा तथा अन्तरकृया कार्यक्रम गर्ने वताएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग