Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बेलायतबासी गुल्मेलिले जिल्लालाई थप एक एम्बुलेन्स दिने

Published on 12:13:00 PM //

आउँदो १३ मार्च २०११ का दिन गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष ओमप्रसाद थापासहित सहकोषाध्यक्ष अर्जुन गौतम, सल्लाहकारद्वय मोती भण्डारी र बालजंग अर्यालको टोली नेपाल जाने सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष ओम थापाले जानकारी दिनु भएको छ ।
गुल्मी जिल्ला समाजले गत वर्ष मात्र पहिलोपटक एक एम्वुलेन्स आफ्नो जन्मथलो गुल्मीमा पुर्‍याउन सफल भएको थियो । यस्तै शिक्षातर्फ विभिन्न स्कूललाई तथा अन्य सहयोग गरी गत वर्ष मात्र २७ लाख रुपैयाँ बराबरको सहयोग जिल्लालाई पुर्‍याएको थियो । यस वर्ष पनि सो समाजले बेलायतमा भएका गुल्मेलीहरुबाट सहयोग संकलन गरी दोस्रो एम्बुलेन्स हस्तान्तरण गर्ने भएको छ । आउँदो १८ मार्च २०११ का दिन गुल्मी धुर्कोटमा एक कार्यक्रम गरी एम्बुलेन्स हस्तान्तरण गर्न उक्त टोलीले नेपाल जाने तयारी गरेको हो ।
एम्बुलेन्स हस्तान्तरणको अलावा यस पटक पनि सो टोलीले अन्य स्थानमा पनि सहयोग हस्तान्तरण गर्ने भएको छ । जसमा अमरपुर ओमप्रसाद गौतम उच्च माविलाई १,२८,००० (एक लाख अठ्ठाइस  हजार) को चेक हस्तान्तरण कार्यक्रम, १७ मार्चका दिन सदरमुकाम तम्घासमा आशा अपाङ्ग गुल्मीमा अपाङ्गहरुलाई रकम हस्तान्तरण कार्यक्रम गर्ने भएको छ । त्यस्तैगरी २० मार्चका दिन अर्को आशा अपाङ्ग केन्द्र गुल्मी उपशाखा शान्तिपुरमा पनि अपाङ्गहरुलाई रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
गुल्मी हरेवा गाविस १ झापकमा श्री झापक प्राथमिक विद्यालयको २१ मार्चको जन्मोत्सव कार्यक्रममा विशेष अतिथिको रुपमा सरीक हुने कार्यक्रम रहेको पनि अध्यक्ष थापाले जानकारी दिनु भएको छ ।
सो विद्यालय अध्यक्ष थापाले अध्ययन गरेको विद्यालय हो । यसै विद्यालयमा अध्यक्ष थापाले २००२ मा आफ्नो वुवामुमाको स्वर्गवास पश्चात वहाँहरुको सम्झनामा रु एक लाखको अक्षय कोष स्थापना गर्नु भएको थियो । यस अक्षयकोषबाट हरेक वर्ष स्कूलको वार्षिक उत्सवको अवसर पारी तीनवोटा पुरस्कार दिइँदै आइएको छ । जसमा सबैभन्दा गरीव विद्यार्थी, दलित गरीव र स्कूलको सबैभन्दा उच्चतम अंक ल्याउनेलाई पुरस्कार दिने गरिन्छ । यस वर्ष पहिलो चोटी सो पुरस्कारहरु आफ्नै हातले दिने कार्यक्रम जुरेको पनि थापाले जानकारी दिनुभयो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग