Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पर्यटकीय स्थानहरुको प्रचार गर्दै सकियो पर्यटन महोत्सव

Published on 5:54:00 PM //

घनश्याम गौतम 
पर्यटन प्रवर्धन तथा संस्कृति संरक्षणका लागि विहिवार देखि शुरु भएको तिन दिने पर्यटन तथा सांस्कृतिक महोत्सव शनिवार सकिएको छ ।

समाज विकास, पर्यटन प्रवर्धन तथा वातावरण संरक्षण केन्द्र नेपालको आयोजनामा स्वाधिन अर्थतन्त्रका लागि पर्यटन महोत्सव भन्ने नाराका साथ शुरु भएको महोत्सवमा ६० स्टल राखिएका थिए । जिल्लाका पर्यटकीय स्थलहरुको प्रवर्धनका लागि राखिएका स्टल सहित कृषिजन्य उत्पादन, जडीबुटी, पर्यटकीय क्षेत्रहरुको बृत्त चित्र, फोटो प्रदर्शनी, स्थानीय साना उद्योगहरुले तयार पारेका सामाग्री, मगर परिकार लगायतका स्टलहरुमा दर्शकहरुको बढी भिड लागेको थियो । 
राष्ट्रिय कलाकार बमबहादुर कार्की, जनकलाकार जिवन शर्मा, हाँस्यकलाकार मनोज गजुरेल सहितको राष्ट्रिय स्तरका कलाकारहरुले आप्mनो कला प्रस्तुत गरे का थिए । महोत्सवको दोस्रो र अन्तिम दिन स्टल प्रदर्शनीको तुलनामा कलाकारहरुको प्रस्तुतीमा दर्शकहरु झुम्मिएका थिए । महोत्सवमा पहिलो दिन र अन्तिम दिन शनिवार बढी भिड लागेको थियो । तिन दिने महोत्सवबाट जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा महोत्सव सफल भएको आयोजक संस्थाका अध्यक्ष अशोक थापाले बताए ।
‘महोत्सव व्यापारीक नभै पर्यटक प्रवर्धनका लागि हो’, अध्यक्ष थापाले भने, ‘तसर्थ पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि महोत्सव सफल
भएको छ ।’ संस्थाले पर्यटन वर्षभरी पर्यटकीय स्थलहरुको प्रचारप्रसार, संरक्षण र विकासका लागि थप कार्यक्रम संचालन गर्ने जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग