Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

'अघिल्लो जन्ममा दीपक र म पति पत्नी थियौं'

Published on 4:32:00 PM //

दीपाश्री निरौलालाई नच्चिन्ने व्यक्ति कमै होला । उनको सुन्दरता र अभिनय क्षमताको जति चर्चा हुन्छ उनको जोडीको रुपमा काम गर्दै आएका दीपकराज गिरीसँगको सम्बन्धले पनि उत्तिकै चर्चा पाउँछ । रेडियोमा रामविलास र धनियाँका रुपमा सुरु भएको यो जोडीको यात्रा हाल तितो सत्यमा श्रीमान श्रीमतिको रुपमा रहेको छ । यो जोडिको विषयमा बजारमा थुप्रै हल्ला चल्ने गर्दैछ । हालसम्म अविवाहीत रहेकी दिपा र एक छोरीको बाबु रहेका दिपक यो हल्लालाई चिर्दै आफुहरु साथी मात्र हरेको बताउँदै आएका छन् । यद्यपि उनीहरु परिस्थित अनुकुल भएको भए हामी श्रीमान श्रीमति बन्थ्यौ भन्न छुटाउँदैनन् । प्रस्तुत छ दिपाश्री निरौलासँग गरिएको कुराकानी:

दीपकराज गिरीसँग कसरी भेट भयो ?
२०४९ सालमा मदनदास श्रेष्ठले मलाई रेडियो नेपालमा शनिबारको रेडियो नाटकमा काम गर्न बोलाउनुभयो । रेडियो नाटकमा काम गर्नेक्रममा दीपकराज गिरीसँग रेडियो नेपालको प्रांगणमा भेट भयो । पहिलो भेटमै हामी राम्रो साथी भयौं ।

रामविलासको धनियाँ कसरी बन्नुभयो त  ?
त्यत्तिबेला दीपकजीले रेडियो नेपालमा शनिबार दिउँसो ४:३० बजे हास्य कार्यक्रम चलाउनुहुन्थ्यो । उहाँ सधैं आफ्नी प्रेमिका धनियाँ गाउँमा छिन भन्नुहुन्थ्यो । एक दिन उहाँले मलाई धनियाँ बन्न प्रस्ताव ल्याउनुभयो । मधेसी समुदायको लवाज पनि सिकाउनुभयो । त्यसपछि म उहाँको जोडी धनियाँका रूपमा रेडियो नेपालमार्फ प्रस्तुत भएँ ।

रामविलास र धनियाँ कार्यक्रम त निकै चर्चित थियो । कसरी बन्द भयो त  ?
कार्यक्रम साह्रै लोकप्रिय थियो । धेरैले सो कार्यक्रमको विरोध पनि गरे । बेला-बेलामा बन्द हुने र सञ्चालन हुनेक्रम जारी थियो । पछि रामविलास नामका एकजना सांसद्लाई व्यग्य भयो भनेर २०५३ सालबाट सो कार्यक्रम रेडियो नेपालले बन्द गर्यो ।

त्यसपछि तपाईंहरूको जोडी फित्तलो भयो, होइन ?
हामीले हाम्रो जोडीलाई टुट्न दिएनौं । त्यसको लगत्तै हामीले नवजीवनको विज्ञापनमा काम गरौं । अझ २०५५ सालबाट जोडी भएर हरेक वर्षगाईजात्रा हास्य कार्यक्रम गर्दै गयौं । जसले हाम्रो जोडीलाई अझ बलियो बनाइदियो ।

टेलिभिजनमा तपाईंहरू कसरी जोडी बन्नुभयो त ?
विभिन्न हास्य कार्यक्रममा हामी प्रेमी, प्रेमिकाका रूपमा ०५५/५६ सालबाटै प्रस्तुत भयौं । हामी जोडीलाई दर्शकले निकै रुचाएपछि बल्ल तीतो सत्यमार्फ जम्यौं ।

 तीतो सत्यमा सुरुमा त जोडी बन्नुभएको थिएन नि ?
हो, तीतो सत्यको चार भागसम्म हामी जोडी बनेका थिएनौं । परीक्षणका रूपमा बनाइएको चार भाग सफल भएपछि पाँच भागबाट हामी श्रीमान् श्रीमतीका रूपमा जोडी बनेर प्रस्तुत भयौं । त्यसपछि अहिलेसम्म पनि श्रीमान् श्रीमती बनेर नै अभियन गरिरहेका छौं ।

तपाईंहरूलाई बाहिरसँगै हिँड्दा श्रीमान् श्रीमती भनेर कत्तिको बोलाउँछन् ?
हामी साथी मात्र हौं भन्ने थाहा नपाएका दर्शकले हामीलाई श्रीमान् श्रीमती नै भन्ठान्छन् । दीपकजी र म धेरै ठाउँमा सँगै जाँदा मलाई उहाँकी श्रीमती भनेर तथा उहाँलाई दाइ मलाई भाउजू भनेर नमस्कार गर्छन् । केही ठाउँमा हामी वास्तविक श्रीमान् श्रीमती होइनौं भनेर स्पष्ट पार्ने गरेको छौं । केही ठाउँमा भने हाँस्यो हिँड्यो ।


यदि, दीपकजीको विवाह नभएको भए तपाईं र दीपकजीबीच विवाह हुन्थ्यो ?

उहाँ अविवाहित भएको भए हामीबीच विवाह हुन्थ्यो, होला । तैपनि अहिले हामी वास्तविक दम्पती नभए पनि राम्रा साथी बनेका छौं । त्यसैमा म खुसी छु ।

 तपाईंहरू पर्दामा यत्ति धेरै सफल ? 
यो सम्बन्ध अघिल्लो जन्मकै होजस्तो लाग्छ नि, हुन त अघिल्लो जन्मबारे मानिसहरूले विश्वास गर्दैनन् । तर, दीपक र म अघिल्लो जन्ममा पक्कै पनि पति पत्नी थियौं । त्यही भएर र यो जन्ममा हामी यति धेरै मिल्ने साथी बनेका हौं । उहाँको र मेरो स्वभाव, काम गर्ने शैली, सोचाइ मिल्ने भएकाले पनि अघिल्लो जन्ममा पक्कै हामी श्रीमान् श्रीमती थियौंजस्तो मलाई लाग्छ । म विराटनगरको मान्छे । उहाँ काठमाडौंको मान्छे । अघिल्लो जन्मको नाताकै कारण यो जन्ममा भेट भएर हामी यति घनिष्ट भएका हौं ।

तपाईंहरूबीच झगडा कत्तिको हुन्छ ?
कामका बेलामा झगडा भइरहन्छ, त्यो पनि आफ्नो सिरियललाई राम्रो बनाउनेबारेमा । कामका बेलाबाहेक अरू बेला भने झगडा हुन्न ।

तपाईंहरूको जोडी कहिलेसम्म स्थायी रहला ?
नेपाली कला क्षेत्रमा धेरैको जोडी टुटे । तर, मदनकृष्ण र हरिवंश दाइको जोडी टुटेको छैन । त्यसपछिको सफल जोडीका रूपमा दीपकराज गिरी र दीपाश्री निरौलाको जोडीलाई लिने गर्छन् । हाम्रो जोडी कहिल्यै टुट्नुहुन्न भन्ने दर्शकको कामना छ । त्यसैले हामी यो जोडीलाई यो जुनिभरि टुट्न दिने छनौं ।

-राजधानी दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग