Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सवलाई सफल वनाउन सर्वपक्षीय भेला

Published on 7:57:00 PM //

पि.एम.मगर
प्रथम गुल्मी महोत्सव २०६८ लाई कसरी भव्यरुपमा सम्पन्न गर्ने भन्ने विषमा शनिवार गुल्मी महोत्सव मूल समारोह समितिको आयोजनामा सदरमुकाम तम्घासमा सर्वपक्षीय भेला सम्पन्न भएको छ ।

महोत्सव मूल समारोह समितिका संयोजक एवं गुल्मी उद्योग वाणीज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा जिल्लाका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,सरकारी कार्यालय तथा विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आगामी वैशाख ४ गते देखि ११ गतेसम्म संचालन हुन गईरहेको महोत्सवलाई सवैले आआफ्नो क्षेत्रवाट सक्रिय रुपमा लागेर कामगर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । 
भेलामा महोत्सलाई मध्यनजर गर्दै तम्घास वजार क्षेत्रवरिपरि सवैले सरसफाई गर्ने, वजार क्षेत्र वरिपरि सवैले आआफ्नो घर अगाडि फोहोर राख्ने वाल्टी तथा टोकरीहरु राख्ने, जिल्लाका प्रत्यक गाविसहरुमा महोत्सवको लागि विभिन्न संघ सस्थाले तुलव्यानरहरु राख्ने, होटल व्यवसाईहरुलाई आगन्तुहरुको स्वागत सत्कारको लागि खानपिन र सरसफाईको लागि ध्यान पुराउनु पर्ने, तम्घास वजार क्षेत्र भित्र मापदण्ड विपरित जथाभावि रुपमा वनाईएका व्रेकरहरुलाई तत्काल हटाउने र राख्नु पर्ने अति आवश्यक ठाउँहरुमा मापदण्ड अनुसार व्रेकर वनाउनु पर्ने लगायतका विषयहरुमा छलफल गरिएको थियो ।
त्यस्तै महोत्सव लाई व्यवस्थित रुपमा संचालन गर्नकोलागि महोत्सव स्थललाई कसरी व्यवस्थापन गर्ने र रेसुङ्गा क्षेत्रमा जाने पर्यटकहरु सहज रुपमा आवत जावतकोलागि तत्काल सडक सुधार गर्नु पर्ने लगायतका षियमा समेत छलफल गरिएको थियो । भेलाले तम्घास वजार सरसफाईको
लागि सामुदायीक प्रहरी सेवा समाज र तम्घास गाविसलाई संयोजको भुमिका वहन गर्न जिम्मेवारी प्रदान गर्नुका साथै सवैले उक्त काममा सहयोग पुराउनु पर्ने निर्णय समेत गरिएको छ ।
महोत्सवलाई कसरी अझ प्रभावकारी वनाउन सकिन्छ भन्ने विषयमा जानकारी लिन हालै गुल्मी उद्योग वाणिज्य संघको टोलीले गुल्मी जिल्लाका ३ वटै क्षेत्रमा रहेका विभिन्न भेषभुषा , रहन सहन,पर्यटकीय, ऐतिहासिक तथा धार्मिक स्थलको भ्रमण समेत गरि जानकारी लिएको थियो ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक कृष्ण प्रसाद भण्डारीले महोत्सको तयारीको विषयमा हाल सम्म भए गरेका कार्य प्रगति र सुनेका अनुभवहरुको वारेका समेत जानकारी गराउनु भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग