Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाले हस्तिचौरको बैचारिक भेला सम्पन्न

Published on 12:40:00 PM //

प्रतिक्षा शर्मा
नेपाल कम्युनिष्ट पाटि एमाले हस्तिचौर गाँउ कमिटि द्धारा सञ्चालित बैचारिक तथा संगठन सुदृढिकरण अभियान अन्तर्गत वडा नम्बर चारको भेला सम्पन्न भएको छ ।
भेलाले खेत बहादुर कुवरको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा राम कमारी खत्री , सचिब कमला बिश्वकर्मा , उप सचिब बिष्णु कुँवर लगायत रहनुभएको छ। नेकपा एमाले तिन नम्बर निवार्चन क्षत्रीय कमिटि सचिबालय सदस्य जगत केसीको प्रमुख आतिथयतामा सम्पन्न कार्यक्रममा क्षेत्रीय कमिटि सदस्य शोभाखर मरासिनी , गाँउ कमिटि अध्यक्ष राममल्ल ठकुरी सदस्य प्रेप बिक , चुरा बिक , शान्ति खत्री जिफन्ट प्रतिनिधि बाबुराम कुवर , अनेरास्वबियुको तर्फबाट कृष्ण भट्राई लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । शोहि भेलाले गुमानसिहँ पाण्डेको अध्यक्षतामा ५ सदस्यीय सल्लाहकार कमिटिको गठन गरेको छ। गाँउ कमिटिका अध्यक्ष राममल्ल ठकुरीले गाबिसका प्रत्येक वडामा वडा कमिटि गठन गरी पार्टिको कामलाई तिब्रता दिइने जनाउनु भएको छ। सुमनलाल बिकको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमा बिमला केसीको अध्यक्षता र नारायण कुँवरको सञ्चालन रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग