Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाल पत्रकार महासंघ गुल्मीको दोश्रो बैठक समपन्न

Published on 4:28:00 PM //

सञ्जु थापा/रेडियो गुल्मी
नेपाल पत्रकार महासंघ गुल्मी शाखाको दोश्रो बैठक आज समपन्न भएको छ । नेपाल पत्राकार महासंघको कार्यलयमा समपन्न बैठकले तेस्रो अधिवेशनपछि रिक्त रहेको सल्लाहाकार पदमा पुर्ति गरेको छ ।
जसमा हरिकुमार श्रेष्ठ , जनार्दन घिमिरे , गुणनिधी शर्मा , दीन पन्थी , रेशम कुँवर रहनु भएको छ ।  बैठकले मासिक अन्तरक्रिया गर्ने बार्षिक क्यालेन्डर प्रकाशन गर्ने , पत्रकार महासंघ गुल्मी शाखाको संयोजकत्वमा आगामी बैशाखमा बनभोज जाने र नेपाल पत्रकार महासंघ गुल्मी शाखा तम्घासको पुतली बजारमा बन्न लागेको नवनिर्मित भवनको लागि आर्थिक रकमको लागि जिल्ला विकास समितिमा निवेदन गर्ने निर्णय गरेको छ । बैठकले महासंघको नवनिर्मित भवनको निर्माण उपसमितिको पुर्नगठन गरेको छ । जसमा नेपाल पत्रकार महासंघ गुल्मी शाखाका उपाध्यक्ष नवराज भुषाल संयोजक रहनुभएको छ भने अन्य सदस्यहरुमा तेजेन्द्र कुमार श्रेष्ठ, गणेश सारु, रहनुभएको छ । बैठक नेपाल पत्रकार  गुल्मीका अध्यक्ष घनश्याम गौतमको अध्यक्षयता र सचिव भरत पाण्डेयको संञ्चालनमा समपन्न भएको थियो । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग