Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी समाज यूकेले दियो आशालाई २ लाख ५० हजार

Published on 8:01:00 PM //

पि.एम.मगर
गुल्मी घर भई युकेमा कार्यरत गुल्मेलीहरुको संस्था गुल्मी जिल्ला समाज युकेले गुल्मी जिल्लामा रहेको आशा अपाङ्ग केन्द्रलाई आज एक कार्यक्रमका विच २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
गुल्मी जिल्ला समाज युकेका अध्यक्ष ओमप्रसाद थापा, कोषाध्यक्ष अर्जुन गौतम र सल्लाहकार मोती भण्डारी सहित युकेवाट आएको समाजको उक्त टोलीले सो रकम आशा अपाङ्ग केन्द्र गुल्मीका अध्यक्ष जनार्दन घिमिरेलाई हस्तान्तरण गरेको हो ।
त्यस्तै काठमाण्डौका थानकोटमा वसोवास गर्नुहुने जयराम सुवेदीले आशा अपाङ्ग केन्द्रलाई हालसम्म वार्षिक रुपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आउनुभएको र आफु वाँचुन्जेलसम्म सो सँस्थालाई वर्षेनी ५० हजार रुपैयाँ सहयोग गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथि गुल्मी जिल्ला युके समाजका अध्यक्ष ओमप्रसाद थापाले युकेमा वसोवास गरी जिल्लाका अपाङ्गताहरुको सहयोगमा लाग्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि समाजले सक्दो सहयोग गर्ने वताउनुभएको थियो । 
उहाँले गुल्मीवाट युकेका विभिन्न स्थानमा छरिएर रहेका गुल्मेलीहरुलाई संगठित गर्दै गुल्मीको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकासमा आफ्नो संस्थाले टेवा पुर्याउँदै आएको वताउनुभएको थियो । उहाँले विशेषत गुल्मीको पहिचानका लागि आफुहरु जहाँ रहे पनि सधै लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सोही अवसरमा सहयोगी दाता युके समाजका अध्यक्ष थापा, कोषाध्यक्ष गौतम, सल्लाहकार भण्डारी र अर्का सहयोगी दाता सुवेदीलाई आशा अपाङ्ग केन्द्रले दोसल्ला ओडाई सम्मान गरेको थियो।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग