Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

इश्मामा क्षयरोग सम्बन्धी गोष्ठी

Published on 9:12:00 PM //


क्षयरोग संवन्धी एक दिने गोष्ठी आज घमिर उपस्वास्थ्यचौकी घमिरमा सम्पन्न भएको छ ।
गाविस सचिव राजु शर्माको अध्यक्षता रहेको उक्त गोष्ठीमा प्रमुख प्रशिक्षक इश्मा रजस्थल हेल्थ पोष्ट इन्चार्ज एव इलाका इन्चार्ज चन्द्रप्रसाद भुसालले क्षयरोग विश्वमै जनस्वास्थ्य समस्या कै रुपमा रहेकोले यसलाई निर्मुल पार्न सवैले आ–आफ्नो ठाउँवाट सहयोग गर्नुपर्ने वताउनुभएको थियो । साथै क्षयरोग के हो, के कारणवाट लाग्छ, यसका लक्षण तथा उपचार लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो । गोष्ठीमा गाविस सचिव शिक्षक, वुद्धिजीवि, संचारकर्मी, महिला लगायतको उपस्थिति रहेको थियो । २१ जनाको उपस्थिति रहेको उक्त गोष्ठीको सञ्चालन घमिर उपस्वास्थ्य प्रमुख वावुराम कुवँरले गर्नुभएको थियो ।


Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग