Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एक क्रुर आमाले मारिन आफ्नै १६ बर्षिय छोरा

Published on 8:47:00 PM //

घनश्याम गौतम
कोही कसैले पनि सोच्न नसक्ने कुरा, एउटी आमाले ९ महिना सम्म आफ्नै गर्भमा राखेर आफैले जन्म दिएको छोरालाई आफैले मार्छिन भन्ने कुरा । के थाहा बिचरा त्यो किशोरलाई आफैले जन्माएको मात्र होइन, हुर्काइ बढाइ १६-१६ बर्षसम्म पालन पोषण गरिसकेपछी एउटी आमा, आमा नरही राक्षसको रुप धारण गरी आफ्नै हत्या गर्छिन भनेर ? आखिर कस्को पो के लाग्छ र बात्सल्यता र मातृत्वकी खानि भनिने आमा एक मानवताहिन क्रुर आईमाई भएर निस्केपछी ।
मृतक अर्यालको शब । फोटो: जनार्दन घिमिरे
गुल्मी जिल्लाको हर्दिनेटा गाविसमा आमाले आफ्नै छोराको हत्या गरेकी छिन् । हर्दिनेटा गाविस ६ काभ्रेडाँडानिवासी ३८ वर्षीय लक्ष्मी भन्ने विष्णु अर्यालले आफ्नै १६ वर्षीय छोरा चन्द्रकान्त अर्याललाई घाँटीमा दाम्लोले वाँधेर हत्या गरेकी हुन् । मानसिक अवस्था ठिक नभएको हुनाले उनले छोराको हत्या गरेको प्रहरीले अनुमान गरेको छ । १६ वर्षीय चन्द्र कान्त अर्याल स्थानीय जनता माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्यनरत छन् । पाँच वर्ष देखि मानसिक सन्तुलन गुमाएकी  लक्ष्मीका अन्य छोराछोरी कोही छैनन् ।

श्रीमान्ले पटक पटक उपचारका लागि भारतमा लगेपनि निको नभएपछि आमा र छोरालाई घरमै राखेर बाबु रोजगारीका लागि भारत गएको आफन्त जिवलाल अर्यालले बताउनु भयो । शवको प्रकृति हेर्दा अर्यालको हिँजो विहिवार दिउसो नै हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालयका प्रहरि नायव उपरिक्षक पदमप्रसाद सुवेदीले जानकारी दिनु भएको छ । स्थानीय छिमेकी कामको शिलसिलामा लक्ष्मी अर्यालको घरमा गएको अवस्थामा उक्त घटनाकोवारेमा जानकारी भएको थियो । 
हत्याको अभियोगमा प्रहरीले लक्ष्मी अर्याललाई आज प्रक्राउ गरि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीमा राखेको छ । महिला केही नबोलेकोले थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरिक्षक सुवेदीले जानकारी दिनु भएको छ ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग