Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छापहिले कांग्रेसको भेला सम्पन्न

Published on 9:14:00 PM //

पि. एम. मगर 
नेपाली काँग्रेस गाउँ समिति छापहिले गुल्मीको आयोजनामा वृहत कार्यकर्ता भेला सम्पन्न भएको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले समयमै संविधान निर्माणका लागि गाउँ स्तरवाटै दवावमुलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने कुरामा जोड् दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस क्षेत्र नं. ३ का क्षत्रीय सभापति दामोदर भुसाल, विशेष अतिथि क्षेत्रीय सचिव रेखा जिसी, गाउँ समितिका पुर्व पार्टी सभापति जगतवहादुर थापा र शोभा गिरी, वर्तमान उपसभापति हिरावहादुर थापा, सचिव प्रकाश कार्की, सदस्यहरु तारावहादुर रावत, रनवहादुर थापा, टोपवहादुर जिसी, हरिलाल थापा, नेपाल तरुण दलका सचिव वसन्त मगर लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै सोही भेलाले गाविसका सवै वडाहरुमा समितिको विस्तारका लागि ६ सदस्यीय समन्वय समिति समेत गठन गरेको छ । पार्टीका गाउँ समिति सभापति तुलसी गिरीको संयोजकत्वमा गठित उक्त समन्वय समितिमा सदस्यहरु पुर्व सभापति जगतवहादुर थापा, उपसभापति हिरावहादुर थापा, सचिव प्रकाश कार्की र तरुण दलका सचिव वसन्त मगर रहनुभएको छ । समितिले १५ दिन भित्र वडा समितिहरु गठन गर्ने, गाविस भित्र हुने सवैखाले विकास निर्माण कार्य तथा राजनीतिक एवं समसामयीक विषयमा तत्काल निर्णय लिने काममा समन्वय गर्ने जस्ता निर्णयहरु पनि गरिएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग