Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भट्टराईको श्रद्धाञ्जलीसभा सम्पन्न

Published on 4:45:00 PM //

शोभा आचार्य
नेपालि कांग्रेस जिल्ला कार्य समिति गुल्मीको आयोजनामा पुर्व प्रधानमन्त्री कुष्ण प्रसाद भट्टराईको १३औं दिनको पुण्यतिथीको अवसरमा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।

नेपालि काग्रेसका जिल्ला सचिव विष्णु बलालको सभापतित्व रहेको कार्यक्रममा रेसुङ्गा बहुमुखि क्याम्पस गुल्मीका पुर्व क्याम्पस प्रमुख प्रेमनाथ अर्याल, नेपाली काग्रेस गुल्मीका निबर्तमान पार्टी सभापति शुरेस भुसाल लगायतले कार्यक्रममा मुलुकले कर्मशिल र राष्ट्रवादी नेता गुमाएको बताउंदै नेता भट्टराई प्रति शोक मनतव्य राख्नुभएको थियो । 
कार्यक्रममा महासमिति सदस्य भुवन प्रसाद श्रेष्ठ , महाधिवेशन प्रतिनिधी सालिक पन्थी, श्री प्रसाद भलामि , छन्द बहादुर पहराई , नेपाल तरुण दल गुल्मीका अध्यक्ष खिलध्वज पन्थी , रेसुङ्गा बहुमुखि क्याम्पसका पुर्व क्याम्पस प्रमुख शशी पन्थी ,नेपाल विद्याथी संघ गुल्मीका सभापति कुष्ण प्रसाद अर्याल साथै विभिन्न गाविसका पार्टी सभापति , नेता , कार्यकर्ताहरु भातृ संगठका प्रमुख, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनितिधि लगायतको उपस्थिती रहेको थियो । कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भटराईको अस्तुलाई अहिले केहि बेरमा रिडिको कालिगण्की नदीमा लगेर बिसर्जन गर्ने कार्यक्रम रहेको छ । करिब १५० जनाको उपस्थिती रहेको कार्यक्रम नेपालि कांग्रेस जिल्ला कार्य समिति गुल्मीका कोषाध्यक्ष हरि प्रसाद न्यौपानेले गर्नुभएको थियो । 
उता, नेपालि कांग्रेस गाउं कार्यसमिति गुल्मी तम्घासले पनि अखिलेश्वर पाण्डेको सभापतित्व मा नेपालि कांग्रेसका पुर्व प्रधानमन्त्री कुष्ण प्रसाद भट्टराईको १३औं दिनको पुण्यतिथीको अवसरमा श्रद्धाञ्जलीसभा सम्पन्न गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भटराईको अस्तु पाल्पा कांग्रेस आज कालीगण्डकी नदीको राम्दीघाटमा लगेर बिसर्जन गरेको छ । तानसेनबाट मोटरसाईकल र्‍याली गर्दै पुगेका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली सभा गरी अस्तु बिसर्जन गरेका हुन् । 
अस्तु बिसर्जनका लागि तानसेन साथै पाल्पाका विभिन्न स्थानबाट कांग्रेस नेता कार्यकर्ता राम्दी पुगेका थिए । उता, नेपाल पत्रकार महासंघ केन्द्रले ११ औं पुण्यतिथीमा देशभर श्रद्धाञ्जली सभा गर्ने घोषणा गरेपनि पाल्पा अध्यक्ष भगवान भण्डारी जिल्लामा नरहेकोले कार्यक्रम हुन नसकेको उपाध्यक्ष राजेशकुमार अर्यालले बताए ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग